वाणिज्य बैंकहरूको नाफामा गिरावट



हाम्रो इकोनोमि

 

 

 वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिनासम्म आइपुग्दा बैंकको नाफा उल्लेख्य घटेको हो । बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रूपैयाँ नाफा कमाएका छन् ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । जबकी गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूले १६ अर्ब १२ करोड ९४ लाख रूपैयाँ नाफा कमाएका थिए ।

चालू आवको तीन महिनामा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले नाफा कमाएको छ । सो अवधिमा यस बैंकले १ अर्ब ८५ करोड ५८ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो । ग्लोबलले सर्वाधिक नाफा कमाउँदा अन्य १४ बैंकको भने नाफामा गिरावट आएको छ । ग्लोबलसहित पाँच वटा बैंकको नाफा बढ्दा यो अवधिमा सिटिजन्स बैंकले २२ करोड ४ लाख नोक्सानी व्यहोरेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्म पाँच बैंक अर्ब क्लबमा पुगेका छन् । यो अवधिमा एक अर्ब भन्दा बढी नाफा कमाउनेहरूमा ग्लोबलसहित नबिल बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र कुमारी बैंक रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...