कसैले भन्दैमा नेतृत्वबाट ओलीलाई किन हटाउने : पीएस गुरुङ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जेनजीका नाममा एमाले विरोधीहरूले भन्दैमा पार्टी नेतृत्वबाट केपी शर्मा ओलीलाई नहटाउने प्रष्ट पारेका छन् । एमाले ओखलढुंगा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले जेन(जी वा अरुले भनेर होइन पार्टीको आवश्यकता आधारमा ओलीको नेतृत्व निर्धारण हुने बताए ।

जेन जी आन्दोलनबाट विस्थापित सरकारको प्रवक्ता समेत रहेका गुरुङले भने(एमालेका वडादेखि केन्द्रसम्मका नेता कार्यकर्ताका घर खोजी खोजी ध्वस्त पारिएको छ । यो भनेको नेपालको कम्युनिस्ट आन्दोलन क्षतविक्षत बनाउने, एमालेका नेता कार्यकर्ताको सामूहिक नरसंहार गर्ने योजनाबाट भएको थियो । अहिले ओलीको कार्यशैलीको बारे टिप्पणी हुन्छ, ओलीको कार्यशैलीको सबैभन्दा आलोचक त मै हो नि १ तर जेन(जी भनेर ओली हटाउनुपर्छ भन्दैछन्, जेन(जीले भनेर हटाउने हो कि हाम्रो आवश्यकता वा अनावश्यकताले नेता हटाउने हो रु एउटा कुरा हेक्का राखौं, हामीले आफ्नो लागि काम गरौँ केपी ओलीको लागि होइन ।

केपी ओलीले स्वाधीनताको पक्षमा उभिएबापत देशले सजाय पाउने हो । उपमहासचिव गुरुङले एमालेले माटोको माया गर्दा, एक इन्च पनि भूमिको माया गर्दा, राष्ट्रिय स्वाभिमानलाई सबैभन्दा ठूलो मान्दा जेन(जी आन्दोलनका नाममा हमला भएको दाबी गरे । उनले कार्यकर्तालाई बहकिएर होइन यथार्थको धरातलमा उभिएर सोच्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...