एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सात आधार



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेको ११ औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सात वटा आधार चयन गरेको छ । अन्तरपार्टी निर्देशन (अपानी)जारी गर्दै एमालेले ती आधारहरू मातहतका कमिटीहरूमा पठाएको छ ।

मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११ औँ महाधिवेशनका लागि मंसिर १३ गते देशैभरि एकै पटक प्रतिनिधि छनौट हुने कार्यतालिका यसअघिको सचिवालय बैठकले सार्वजनिक गरिसकेको छ । अपानीमा जनाइए अनुसार महाधिवेशन प्रतिनिधि हुनका लागि केन्द्रीय संगठन विभागले प्रमाणित गरेको पार्टी सदस्यताको विवरणका आधारमा गर्नुपर्ने छ ।

यसैगरी पार्टी केन्द्रीय कार्यालयमा रहेको पार्टी सदस्यता भूगोलमा लैजान चाहनेहरूले कात्तिक मसान्तसम्ममा सदस्यता स्थानान्तरण गरिसक्नु पर्ने अपानीमा जनाइएको छ । दलित र श्रमिकको क्लस्टरमा रहेका पार्टी सदस्यहरूको विवरण जिल्ला र प्रदेश कमिटीले एक हप्ता अगाडी नै सार्वजनिक गर्न एमालेले निर्देशन दिएको छ ।यसैगरी जनसंगठनमा रहन चाहने पार्टी सदस्यलाई आफ्नो नाम भूगोल वा विशेष कमिटीबाट अलग गर्नुपर्ने प्रावधान राखिएको छ ।

पदेन प्रतिनिधि रहेका आयोजकहरूले महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा सहभागी हुन पाउने छैनन् । बाँकी सबै पार्टी सदस्यहरूले तोकिएको एउटा मात्र क्लस्टरमा सहभागी भएर प्रतिनिधि छनौट गर्ने पाउने एमालेको अपानीमा उल्लेख गरिएको छ ।

प्रतिनिधि छनौट गर्दा कुनै विवाद वा अस्पष्टता भएमा केन्द्रीय संगठन विभागमा सम्पर्क गर्न भनिएको छ तर विवादका नाममा आवश्यक भन्दा बढी प्रतिनिधि पठाए विभागले त्यसलाई मान्यता नदिने अपानीमा जनाइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो जारी गर्नु भएको अपानी मातहतका कमिटीहरूमा पुग्ने क्रममा रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार अपानी प्राप्त गरिसकेपछि त्यसका आधारमा जिल्ला कमिटीहरूले संघीय निर्वाचन क्षेत्र अनुसारका प्रतिनिधि छनौटको व्यवस्था गर्नेछन् ।

महाधिवेशनमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय, भूगोल र विभिन्न क्लस्टर र मनोनीत सहित २ हजार १ सय २७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । छनौट भएका प्रतिनिधिले फोटो सहित संगठन विभागले पठाएको ढाँचामा विवरण भरेर केन्द्रीय कार्यालयमा पठाउनु पर्ने अपानीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...