झलनाथ-घनश्यामको बिहीबार विशेष घोषणा



हाम्रो इकोनोमि

 

 

एकता विवादका कारण विभाजित नेकपा एसको माधवकुमार नेपाल समूहले प्रचण्डसहितको एकता राष्ट्रिय सम्मेलनमा सहभागी हुने सूचना जारी गरेसँगै झलनाथ-घनश्याम समूहले सोही समयमा विशेष घोषणाका लागि कार्यक्रमको आयोजना गरेको छ ।

बिहीबार ११ बजे भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नेपाल पक्षले ‘एकता राष्ट्रिय सम्मेलन’ मा सरिक हुन आफ्ना नेता, कार्यकर्तालाई सूचना जारी गरेपछि झलनाथ-घनश्याम पक्षले त्यही समयमा त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डीसी हलमा घोषणा कार्यक्रम तय गरेको हो । नेपाल पक्षले पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य, आयोग, विभाग, ज्येष्ठ कम्युनिष्ट मञ्चका सम्पूर्ण सदस्यलाई त्यहाँ उपस्थित हुने सूचना जारी गरेको छ ।

प्रदेश, जिल्ला र क्षेत्रीय कमिटीका अध्यक्ष, जनसंगठनका पदाधिकारी र पालिका कमिटीका अध्यक्षलाई पनि भृकुटीमण्डपमा उपस्थित हुन सूचना जारी गरेको छ । झलनाथ-घनश्याम पक्षले त्यही समयमा आफू पक्षका सबैलाई त्रिपुरेश्वरमा बोलाएको हो ।

उक्त समूहका नेता धर्मराज निरौलाका अनुसार बिहीबार कस्तो र कसरी नयाँ पार्टी बनाउने भन्ने विषयबारे जानकारी दिँदै राष्ट्रिय कार्यकर्ता भेलाको मिति घोषणा गरिने भएको छ । त्यस्तो भेला कात्तिकभित्रै आयोजना गरिने भएको उनले बताए ।

सोही समूहमा एमाले फर्किने पक्षका नेता रहेकोबारे प्रश्न गर्दा निरौलाले भने, ‘अहिल्यै एमालेमा गइहालौँ भन्ने रामकुमारी, किसानजीहरू अलिक पहिलेदेखि नै त्यो लाइनमा हुनुहुन्थ्यो, हामीचाहिँ कम्तीमा एमालेको महाधिवेशनअगाडि जाने वा कुरा गर्ने भन्नेमा छैनौँ ।

एमाले महाधिवेशनपछि आउने नयाँ नेतृत्वसँग आवश्यक वार्ता, संवादको माध्यमबाट एकता, सहकार्य वा कसरी निकटता बढाउन सकिन्छ भन्नेबारे कुरा गरिने उनको भनाइ छ ।

पछिल्लो समय एमाले फर्किने विषयमा झलनाथ खनालले चार शर्त सार्वनिक गरेपछि खनाल र घनश्याम भुसालबीच केही फाटो उत्पन्न भएको विषयमा प्रश्न गर्दा निरौलाले भने, फाटो नै त उत्पन्न भएको होइन, अलिअलि कन्फ्युजनमात्रै भएको हो, क्लियर भइसक्यो । उनका अनुसार, खनाललाई अभिभावक बनाउने र पार्टीको नेतृत्व भुसालले गर्ने कुरामा सहमत भएर खनाल पनि सोही समूहमा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...