उपल्लो मुस्ताङमा ५५० बढी पर्यटक रोकिए, सञ्चारसम्पर्क विच्छेद



हाम्रो इकोनोमि

 

 

भारी हिमपात र बाढी पहिरोले सडकमार्ग, बिजुली र इन्टरसेवाबाट उपल्लो मुस्ताङ विच्छेद हुन पुग्दा साढे पाँच सयभन्दा धेरै पर्यटक र १०० भन्दा धेरै गाडी उतै रोकिएका छन् । उपल्लो मुस्ताङ जाने राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकखण्ड ठाउँ ठाउँमा भासिंदा र पहिरो खस्दा छियाछिया बनेको छ ।

वर्षासँगै परेको हिमपातका कारण बागबेनी कटेर छुसाङदेखि माथि सडक, बिजुली र इन्टेरनेटसमेत अवरुद्ध हुन पुगेको हो । लोमान्थाङलगायत उपल्लो मुस्ताङका बस्तीहरुमा ११/१२ गतेदेखि नै सडक र सञ्चारसम्पर्क विच्छेद हुन पुगेको हो भने शनिबारदेखि  छुसाङ र दामोदरकुण्ड क्षेत्र सम्पर्कविच्छेद भएको हो ।

मुस्ताङ प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाका अनुसार त्यहाँका प्रहरी चौकी भने सम्पर्कमा आएका छन् । लामाकाअनुसार छुसाङदेखि माथि आधा दर्जनभन्दा धेरै ठूला ठूला पहिरो खसेका छन् र जेसिबी लगाउने काम थालिएको छ । तर, पूरै पहिरो पन्छाउन अझै केही दिन लाग्ने छ ।

मुस्ताङमा कात्तिक ११ गतेदेखि वर्षासँगै हिमपात हुँदा घुम्न पुगेका थिए । मुस्ताङमा १० दिनमै ४० हजारसम्म पर्यटक घुम्न पुगेका थिए । मोटरसाइकल, आफ्नै गाडी र सार्वजनिक गाडीसमेत चिनियाँ नाका कोरोलासम्मै पुग्ने भएकाले दसैं, तिहारलगत्तै मुस्ताङमा पर्यटक ओइरिए ।

५ सय ५९ जना मानिस र १०८ वटा सवारी साधन रोकिएको पाएका छौं । उपल्लो मुस्ताङमा सम्पर्कको कुनै माध्यम छैन । ठूलाठूला पहिरो पन्छाउनुपर्ने भएकाले अझै कम्तिमा ३ दिन लाग्छ’ सिडिओ भुसालले भने, ‘नेपाली र विदेशी पर्यटकहरु के कति छन् भन्ने एकीनसमेत गर्न पाएका छैनौं । उतै होटल र घरहरू पनि भएकाले सुरक्षित स्थानमा हुनुहोला ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...