नेपाली कांग्रेसमा नयाँ लफडा, विशेष महाधिवेशन पक्षधरको बेग्लै भेला



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसमा महाधिवेशनबारे चर्को रस्साकस्सी चलिरहेको बेलामा विशेष महाधिवेशन पक्षधरले बेग्लै भेला बोलाएको छ । आइतबार काठमाडौंमा बस्ने गरी भेला बेलाएको हो । कांग्रेसमा विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा बुझाइएको छ । तर संस्थापन पक्षले हस्ताक्षरको वैधानिकतामाथि नै प्रश्न उठाएपछि काउन्टर दिनको लागि बेग्लै भेला राखेको हो ।

विशेष महाधिवेशनको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरेले अहिले राष्ट्रव्यापी नभई थप छलफलको लागि आफूहरू जम्मा हुन लागेको बताए । उनले भने,  केन्द्रीय समिति बैठक पनि बसिरहेको छ । अहिलेसम्म कार्यतालिका पेस हुन सकेको छैन । हामीले विधान अनुसार नै विशेष महाधिवेशनको माग गरेका हौँ । अहिलेसम्म त्यसलाई सम्बोधन हुने नदेखिएपछि हामीले थप छलफल गर्न लागेका हौँ । आइतबार बानेश्वर आसपास नै बस्ने तयारी रहेपनि स्थान अहिलेसम्म तय नभएको उनले बताए ।

आज इतर समूहका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापासहित बसेको बैठकले पुस १६ गते नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ । त्यही प्रस्ताव लिएर महामन्त्रीद्वय अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्का भेट्न पुगेको छन् । तर संस्थापन पक्षले भने फागुन २१ को चुनावअघि महाधिवेशन गर्न नसक्ने भन्दै वैशाखमा गर्नुपर्ने पक्षमा छन् । कार्यतालिकामा सहमति नजुटेपछि महामन्त्री थापाले हिजो बैठक नै बहिस्कार गरेका थिए। तर, कावा सभापति खड्काले भने केन्द्रीय समितिले बहुमतको आधारमा निर्णय गर्ने जवाफ दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...