आन्दोलनमा भाषण गर्दागर्दै जिफन्ट उपाध्यक्षको निधन



हाम्रो इकोनोमि

 

 

नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

भैरहवाको विद्युत कार्यालय अगाडि सम्बोधनको क्रममा अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उनलाई डाक्टर मृत घोषणा गरेको रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहराले जानकारी दिए ।

गौतम बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए । धर्ना कार्यक्रममा बोल्दै उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।

उनले श्रमिकहरूलाई गुमाउन नचाहेको बताउँदै बताउँदै उनको बोली लरबरिएको थियो । ‘अतः यो कारणले’ भन्दै गर्दा उनी ढले । उनी ढलेलगत्तै उपचारको लागि उनलाई क्रिमशन अस्पताल पुर्‍याइएको थियो ।

अहिले अस्पतालमा उद्योगी व्यवसायी सम्बद्ध संस्थाका प्रतिनिधि रहेका छन् । उनलाई गाडीमा राखेर अस्पताल पुराएका उद्योगी बोहोराले १२ मिनेटमा अस्पताल पुराएपनि बचाउन नसकेको जनाए । ६२ वर्षीय गौतमका दुई छोरा र श्रीमती छन् । बुटवलको लक्ष्मीनगरमा स्थायी बसोबास भएका उनी दुई दिन अघि काठमाडौंबाट आएर यो आन्दोलनको अगुवाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...