माओवादीसँग एकतामा जान सकिँदैन : झलनाथ खनाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गर्नुको औचित्य बैठकले पुष्टि गर्नुपर्ने बताएका छन् । केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले विभाजनको औचित्य पुष्टि गर्न नसकी माओवादीसँग एकताको कुरा गर्न उपयुक्त नहुने उनको भनाइ छ ।

खनालले भने, हामीले विद्रोह किन र के कारणले गरियो भन्ने कुरा खोज्नुपर्छ । अहिले पनि सबै वामपन्थी एकताबद्ध हुनुपर्छ भन्नेमा छु । दुईटा वामपन्थी मात्रै एक भएर हुँदैन । अहिले कार्यगत एकता गर्नुपर्छ । विचार, सिद्धान्त, नीति कार्यक्रम र सङ्गठनमा एकरूपता भयो भने मात्रै एकता हुन्छ । उनले पार्टी एकता भनेको कुनै खेलाँची विषय नभएको तर्क गरे । कार्यगत एकताका लागि आफूहरू सबै वामपन्थी पार्टीहरूसँग खुला रहेको बताए । एमालेबाट विद्रोह गरेको चार वर्षसम्ममा पनि नेतृत्वले औचित्य पुष्टि गर्न नसकेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...