झाँक्रीको समर्थनमा नेकपा एसमा पार्टी पुनर्गठनको माग



हाम्रो इकोनोमि

 

 

एकीकृत (समाजवादी)को विभिन्न संगठनमा आबद्ध ५२६ जना पार्टी पुनर्गठनको माग गरेका छन् । माओवादी केन्द्रसँग एकताको प्रयास भइरहेको बेलामा संयुक्त अपिल जारी गर्दै अन्य दलसँगको गठजोडको बहस छाडेर पार्टी पुनर्गठनमा गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

अपिलमा भनिएको छ, अन्य दलसँगको गठजोडको अनावश्यक बहसमा समय गुजार्नेतिर लाग्नुको बदला नेकपा -एस) भित्र यथाशक्य नेतृत्व सम्मानजनक अभिभावकको भूमिका निर्वाह गरी पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित आम नागरिक र विशेषतः जेनजी पुस्तालाई उनीहरूले उठान गरेका विषयलाई संगठित रूपमा पुरा गर्न हाम्रो पार्टीको झन्डामुनि गोलवन्द भएर सम्भव छ भन्ने विश्वास दिलाउँदै अगाडी बढ्नु पर्दछ । यो प्रस्तावलाई स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पनि समर्थन गरेकी छन् । समयको माग अनुसार पार्टीमा जेनजी पुस्ता अगाडि आउनुपर्ने उनको भनाइ छ । उनले भनेकी छन्, यो मात्र पुस्ता हो, न वर्ग हो, न जातजाति हो, न त यो विचार धारा हो, न भूगोल वा क्षेत्र हो । यो त मात्र एउटा निश्चित समयमा जन्मेका मान्छेहरूको समूह मात्र हो । त्यसैले यसलाई राजनीति र विचारधारात्मक रूपमा दीक्षित गर्दै संगठित गर्नुपर्छ । जेनजी पुस्तालाई राजनीति र विचारले परिपक्व बनाएर देशको नेतृत्व गर्न सक्ने बनाउनुपर्ने उनको भनाइ छ ।

‘राजनीतिक दलका युवा विद्यार्थी सङ्गठनहरू समाजमा प्रभावहीन भएकै कारण यो पुस्ताले स्पेस लिएका हुन, सङ्घर्ष सुरु गरेको हो । विचार र राजनीतिमा संगठित नभएकै कारण त्यो विद्रोह अरूले हाईज्याक गरे । तपाईँहरूको प्रयास ठिक छ उनले भनेकी छन्, मिल्नेहरू जोडिँदै जान्छन, नमिल्नेहरू छोडिँदै जान्छन, यो अभियान हो । आत्तिनु पर्दैन । अगाडी बढ्नुस् मेरो सधैँ साथ र धेरै शुभकामना छ। त्यसो त हालै बसेको स्थायी कमिटी बैठकमा महासचिव घनश्याम भुसालसहित नेताहरू जीवनराम श्रेष्ठ, डा.विजय पौडेल, रामकुमारी झाँक्रीलगायत नेताहरूले अध्यक्ष माधव नेपालको राजीनामा मागेका थिए । आजबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकमा पनि यो विषयले प्रवेश पाउने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...