म माथी गगन थापाको झुटो आरोप : सुरेन्द्र श्रेष्ठ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका स्थानीय नेता सुरेन्द्र श्रेष्ठले आफुमाथि नेपाली कांग्रेसका नेता गगन थापाले झुटो आरोप लगाएका बताएका छन । उनले गगन थापाको घर जलाउने काममा आफु संम्लग्न नभएको बताएका छन । उनले भने  जेनजी आन्दोलनमा बेलुका ६ बजे छिमेकीको नाताले आफु  गगनको घरमा हेर्नमात्र गएको बताएका छन् तर एक अनलाईनले गगन थापाको घर जलाउने ओली निटक एमाले नेता श्रेष्ठ भनेर लेखेको समाचार झुटो भएको बताएका छन् । हाम्रो इकोनोमी डटकमसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।

उत्त अनलाइनले मेरो समाजिक मान-मर्‍यादा र प्रतिष्ठामाथी नै आँच आउनेगरी झुटो समाचार बनाएको आरोप लगाएका छन् । उनले थपे म हेर्न जाँदा करिब साँझको ६ बजेको थियो । त्यति बेलासम्म गगन थापाको घर जलिसकेको थियो । उनले भने वास्तवमा म त्यो दिन गगन थापाको घरमा पुग्दा घरभित्र कुकुर छ भनेको थाह पाएपछि म घरभित्र पसेको थिए । म गगनको घरभित्र पस्दा कोठामा कुकुर (गोल्डेन रिर्टिबर) थियो, घैरै प्रयास पछि त्यो कुकुरलाई हामिले बाहिर ल्याइयो तर घरको कम्पाउण्डबाट बाहिर आउन नमानेपछि मैले छोडिदिए, भएको घटना यहि हो उनले बताए, तर म माथी गगन थापाको घर जलाएको गम्भिर आरोप लागेको छ, म त्यो आरोपलाई झुटो आरोप भएको बताउन चाहन्छु , उनले भने।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...