नेतृत्व कार्यकर्ताले छान्ने हो, पत्रकारले होइन : ओली



हाम्रो इकोनोमि

 

आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले पार्टीको नेतृत्व सम्पादकले छान्ने भए पोहोर परार नै छानिसक्ने भन्ने खालको व्यंग्य गरे । उनले पार्टीको नेतृत्व कार्यकर्ताले छान्ने बताए ।

अहिलेसम्म पार्टीमा उत्तराधिकारी तयार गर्न नसकेको भन्ने सम्पादकहरूको प्रश्नमा उनले उल्टै प्रश्न तेर्स्याउँदै भने, तपाईंहरू सम्पादक भइरहेको अर्को सम्पादक नभएर, उत्तराधिकारी नपाएर हो ? कोही लेख्न जान्ने अर्को नभेट्टाएर हो- तपाईंहरू भइराखेको सम्पादक ? अरू पनि होलान् नि ! तर, पनि अहिले तपाईंहरूले चलाउनु पर्‍या छ ।

अध्यक्ष ओलीले पार्टीभित्र नेतृत्व लिन सक्ने सयौं नेता तथा कार्यकर्ता रहेको दाबी गरे । उनले अगाडि भने, एमालेमा हजारौं नेता छन् । लाखौं कार्यकर्ता छन् । विभिन्न तहको नेतृत्व गर्न सक्ने मान्छेहरू छन् । केन्द्रीय तहमा बसेर धेरै वर्ष काम गरेका सयौं मानिसहरू छन् । उनीहरूले नेतृत्व गर्न सक्छन् । नेतृत्वको अभाव छैन ।

आफूलाई नै पार्टीको क्याप्टेन बन्ने राय पार्टीपंक्तिभित्र रहेको दाबी गर्दै उनले हालै ओमानमा नेपाली क्रिकेट टिम अपराजित बन्दै टी-२० विश्वकपमा छनोटको प्रसंग कोट्याए ।

उनले भने, ‘दुनियाँ भरिबाट खेलाडीहरू गएका थिए । दुनियाँभरिबाट टिमहरू लडेका थिए । नेपाल विश्वकपको प्रतिस्पर्धाको छनोटमा आयो । अरू थुप्रै खेलहरू थिए । थुप्रै आकांक्षीहरू थिए । नेपालले नखेलेको भए अर्को टिम छनोटमा परिहाल्थ्यो नि ! त्यो ठाउँ त खाली हुँदैन थियो नि ! मैले नखेल्ने हो भने, एउटा क्याप्टेनले टिम छोडेर अर्को क्याप्टेन निस्कँदैन र ? निस्कन्छ नि ! तर अहिले राय के छ भने केपी ओली नै क्याप्टेन हो भन्ने राय छ ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...