अध्यक्ष छाड्न ओलीलाई गोकुलको आग्रह



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्न नमिल्ने बताएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै पार्टी नेतृत्वमा दुई कार्यकालको व्यवस्था अध्यक्ष केपी ओलीले नै लडेर ल्याएको अब छाड्न उचित हुने बताए ।

उनले भने, २ कार्यकाल ओलीले आफैँले लडेर राखेको व्यवस्था भएकाले त्यसमा जानुपर्छ, विद्या भण्डारीको सदस्यता हिजो किन रोकेको रु अध्यक्षले किन रोकेको ? विद्याको सदस्यता रोकेकोमा हिजो पनि मेरो असहमति थियो आज पनि असहमति हो । महाधिवेशन आइसकेको हुनाको अब नेतृत्वको त्यहीँ छिनोफानो हुन्छ । २ कार्यकाल तपाईँले लडेर विधानमा राखेको हो, त्यसमा अडिनुस् ।

उनले संसद् विघटनको प्रसङ्ग पनि कोट्याएका छन् । उनले थपे, भारत र चीनले किन समर्थन गरे  ? ६ पटक संसद् खोसियो, ३ पटक हामीले हाम्रो विघटन असफल भयो, जनतामा जाँदा के लिएर जाने  ? पार्टीभित्र के गर्ने  ? सरकारले थाहा नपाउनु कमजोरी हो, थाहा पाएको भए रोकथाम गर्न नसक्नु कमजोरी ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...