आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच छुट सम्झौता



हाम्रो इकोनोमि

 

 

आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ्ख सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको जनाएको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट  श्री लेख बहादुर पुन ले उत्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । यो सम्झौता पश्चात आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड मा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैकिङ्ख सेवा प्रयोग गर्नु हुनेछ भन्ने विश्वास प्रभु बैंकलाई रहेको जनाएको छ ।

त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा “बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डको साथै हालसालै युरो मनी अवार्ड– नेपाल बेस्ट डिजिटल बैंक फर एसएमईको –२०२५ अवार्डको रुपमा सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...