सभामुख-दलको बैठक : संसद् विघटन असंवैधानिक रहेको ठहर



हाम्रो इकोनोमि

 

 

सभामुख देवराज घिमिरेले राखेको दलहरूको बैठकले संसद् विघटनबारे अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकालेको छ । बैठकपछि एमालेका नेता महेश बर्तौलाले संसद्लाई जीवित राखेर जेनजीको मागसहित सबै कुराहरूको समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै ठुलो षड्यन्त्रले विघटन गरेको निष्कर्ष निकालेको बताए । उनले भने, यो विषयमा बैठकमा सहभागी सबै दलहरूको साझा मत रह्यो । यसबारे सर्वोच्चमा अदालतमा रिट परिसकेको छ । सबै दलहरूको आआफ्नै निर्णय छन् । त्यसैको आधारमा अद्दि बढ्छौँ । उनले संसद् पुनर्स्थापना गरेर संवैधानिकबाटै जेनजीले उठाएको विषय सम्बोधन गरेर जानुपर्ने मत रहेको बताए ।

कांग्रेसका नेता श्याम घिमिरेले पनि संसद् विघटन असंवैधानिक रहेको पार्टीले ठहर गरिसकेको बताए ।उनले भने, हामीले पार्टीको तर्फबाट एउटा निर्णय गरिसकेका छौँ । तर, लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट पनि पछि हट्दैनौँ । यसबारे सर्वोच्च अदालतले नै अन्तिम व्याख्या गर्ने हो । जे फैसला गर्छ त्यसलाई सम्मान गरेर जान्छौँ ।

सर्वोच्चले निर्वाचन हुने फैसला गरेपनि आफ्नो दल तयार रहेको बताए ।  यस्तै, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकार संविधानसम्मत नभएको र उनको नियुक्ति संविधानको कुनै धाराले पनि नटेकेको बताए । संसद् विघटन नभएको भए वर्तमान संसदबाटै संविधान संशोधन गरी जेनजीको माग पूरा गर्नसक्ने भएपनि विघटन गरेकाले अब सम्भव नभएको बताए । सरकारका मन्त्रीहरू फागुन २१ मा निर्वाचन गराउनुभन्दा राजनीतिक दलहरूसँग मुठभेड गराउनेतर्फ उद्यत उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...