एमाले केन्द्रीय कमिटीको १० औं बैठक आजबाट सुरु



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले, केन्द्रीय कमिटीको १० औं बैठकको शुरुमै अध्यक्ष केपी ओलीले प्रस्ताव पेश गरेपछि बैठक अगाडि बढ्ने भएको छ । ओलीको सचिवालयका एक सदस्यका अनुसार बैठकमा प्रस्तुत गर्ने केही जरुरी प्रस्ताव हिजो राति नै तयार पारिसकिएको छ । उक्त प्रस्ताव ओलीले उदघाटन मन्तव्यसँगै पेश गर्ने कार्यक्रम छ ।

युवा संघको पहरा र स्कर्टिङ

जावलाखेल, भनिमण्डलस्थित बैठक स्थलमा राष्ट्रिय युवा संघ नेपालको विशेष सुरक्षादस्ता परिचालित हुने भएको छ । मुख्य मुख्य नेतालाई मोटरसाइकल र गाडीले स्कर्टिङ गर्दै बैठकस्थलमा लगिने संघका उपाध्यक्ष विनय शाहले बताए ।

उक्त तयारीका लागि मंगलबार बेलुकी बैठकस्थलमै संघको बैठक सम्पन्न भएको शाहले बताए । उनका अनुसार बैठकस्थल रामबाग महलमा १०० जनाको विशेष सुरक्षादस्ताले पहरा दिने छ । नेताहरूको स्कर्टिङका लागि त्यति नै संख्यामा मोटरसाइकल र ५० वटा चारपांग्रे (कार-जिप) तयार पारिएको उपाध्यक्ष शाहले बताए ।

खाजा र पानीको व्यवस्था

बैठक चल्ने तीनै दिन बैठकस्थलमा दिउँसोको खाजा र पानीबाहेक अन्य खानपिनको व्यवस्था छैन । काठमाडौं बाहिरबाट आएका नेताले बसोबाससहित बिहान-बेलुकीको खानाको व्यवस्था आफैं गर्नुपर्ने केन्द्रीय कार्यालयले जनाएको छ ।

बोल्ने पालो ‘ज्ञ’ बाट शुरू

अध्यक्ष ओलीले बैठकमा प्रस्ताव पेश गरेपछि त्यसउपर बोल्न चाहनेलाई वर्णानुक्रम (अल्फाबेटिक अर्डर) का आधारमा उल्टोबाट बोल्न दिइने भएको छ । देवनागरी वर्णानुक्रम ‘अ’ बाट शुरू भई ‘ज्ञ’ मा टुंगिन्छ । त्यसअनुसार, उल्टो, अर्थात् ‘ज्ञ’ बाट नाम आउनेदेखि बोल्ने पालो दिइने भएको हो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...