प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिटहरू दर्ताका लागि पेश हुनेक्रम चलेको छ । अदालतमा रिट दर्ता खुलेसँगै विभिन्न व्यक्तिहरू रिट लिएर गएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अहिलेसम्म तीनवटा रिट परेका छन् । रिटहरूमाथि अध्ययन भइरहेकाले दर्ता भइनसकेको उनले बताएका छन् । प्रतिनिधिसभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरेको एकजना निवेदक युवराज पौडेलले बताए ।

सर्वोच्चमा आएका सबै रिट सार्वजनिक सरोकारका विषयमा आधारित छन् । दलगत रूपमा कुनै पनि रिट सर्वोच्चमा नपुगेको स्रोतले जनाएको छ । दायर भएका रिटउपर सार्वजनिक सुनुवाइको माग गरिएका छन् । ती रिट दर्ता गर्ने कि नगर्ने भन्नेबारे अहिले छलफल भइरहेको सर्वोच्च स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...