विशेष महाधिवेशन माग्दै कांग्रेसमा २४३९ ले गरे हस्ताक्षर



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा सोमबार साँझसम्म दुई हजार चार सय ३९ जनाले हस्ताक्षर गरेका छन् । १४ औं महाधिवेशनमा रहेका चार हजार सात सय ४३ प्रतिनिधिमध्ये बहुमतले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका हुन् । विशेष महाधिवेशनका लागि हस्ताक्षरको अगुवाइ गरिरहेका केन्द्रीय सदस्य मधु आचार्यले ५१ प्रतिशत बढीले हस्ताक्षर गरिसकेको दाबी गरे ।

हिजो साँझ ७ बजेसम्म २४ सय ३९ जनाले हस्ताक्षर गरिसक्नु भएको छ, आचार्यले  भने विदेशस्थित जनसम्पर्क समिति र जिल्लाहरूबाट हस्ताक्षर थपिएको छ । सूचीकृत गरिहेका छौं । ५५ प्रतिशत बढीले हस्ताक्षर गर्ने देखिन्छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियता हस्ताक्षर संकलन भएको हो। संकलित हस्ताक्षर मंगलबार पार्टीलाई पेश गर्ने तयारी गरिएको छ ।

मंगलबार (आज) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ । केन्द्रीय समिति बैठक अघि हस्ताक्षर पेश गरिने नेता आचार्यले जानकारी गराए । कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ । मंसिरभित्र नियमित महाधिवेशनका लागि संस्थापन तयार नभए विशेष महाधिवेशन गर्ने गरी महामन्त्री थापा र शर्माले हस्ताक्षर संकलनलाई अभियान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...