कानुनविपरित चल्नेहरुलाई मंसिर नलाग्दै घिसारेर सडकमा ल्याइन्छ : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य सूर्य थापाले ‘चुनाव फोबिया’ भएको सरकारले नै चुनाव गराउने कुरा असम्भव रहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले अनिर्वाचित, मनोनित र असंवैधानिक प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल चुनाव गराउने प्राणी नै नभएको दाबी गरेका छन् ।

‘यिनका कामको फेहरिस्तले बताउँछ चुनाव फोबिया । चुनाव गराउने मती भए पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुलाई पक्राउ गर्न गैह्र कानुनी आदेश दिने थिएनन्’ थापाले लेखेका छन्, ‘लोकतन्त्रमा हुल अफ ल किमार्थ स्विकार्य छैन ।

थापाले कानुनविपरित चल्नेहरुलाई जनताले मंसिर नलाग्दै घिसारेर कहाँ पुर्‍याउँछन् भन्ने हेक्का राख्न चेतावनी दिएका छन् । सार्वजनिक, व्यक्तिगत सम्पती, पार्टी कार्यालयमा आगजनी, तोडफोड र ध्वंस्स गर्नेहरुले जहाँसुकै भए पनि उन्मुक्ति नपाउने उनले दाबी गरेका छन् । यस्ता अपराधीहरुलाई राज्ले कानुन बमोजिम कार्यबाही नगरे टोलटोलबाट जनकारबाही गरिने थापाले चेतावनी दिएका छन् ।

 

यस्तो छ थापाले लेखेको स्टाटस :

अनिर्वाचित, मनोनित र असंवैधानिक प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्याल जत्था चुनाव गराउने प्राणी हुँदै होइनन् । यिनका कामको आजीवन फेहरिस्तले बताउँछ- चुनाव फोबिया । चुनाव गराउने मति भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन् । लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य छैन ।

चारवटा सुरक्षा प्रमुखहरूले यिनका गलत आदेश खारेज गरिसके । गैरकानुनी आदेशको त न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुन्छ नै । साथै, संविधान र कानुनविपरित चल्नेहरूलाई जनताले मंसिर लाग्दा नलाग्दै घिसारेर कहाँ पु-याउँछन्- सुशीला, ओमप्रकाश, बालेन र सुदने (दलाई लामा ग्याङ)ले हेक्का राख्न जरूरी छ ।

एक एक ऐतिहासिक सम्पदा,सरकारी कार्यालय, व्यक्तिगत घर-सम्पति र पार्टी कार्यालयसमेत जलाउने जल्लाद, अपराधी र हत्याराहरूले पानीमुनी वा पृथ्वीभरि जहाँसुकै पुगे पनि उन्मुक्ति पाउने छैनन् । राज्यबाट कानुनबमोजिम कारबाही नभए/नगरे टोलटोलबाट जनकारबाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...