अमेरिकाले ७ नेपालीलाई देशनिकाला गर्‍यो



हाम्रो इकोनोमि

 

 

यौनदुराचार लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा दोषी ठहर ७ जना नेपालीहरुलाई अमेरिकाले नेपाल फर्काइदिएको छ । अमेरिकामा डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि जुलाई महिनासम्मको अवधिमा ती सात नेपाली डिपोर्ट भएका हुन् । उनीहरु २८ देखि ३९ वर्ष उमेर समूहका छन् ।

अमेरिकाबाट सञ्चालित खसोखास डटकमका अनुसार अमेरिकामा यौन दुराचार र शारीरिक दुर्व्यवहार, डकैती, हतियारको प्रयोग गरी आक्रमण, नाबालिगलाई अश्लील उद्देश्यका लागि च्याटमार्फत प्रलोभन, मादक पदार्थ सेवन गरेर गाडी चलाएको लगायतका अभियोगमा ती नेपालीहरुलाई नेपाल डिपोर्ट गरिएको हो । ती नेपालीहरुलाई न्युयोर्कको जोन अफ केनेडी विमानस्थल, नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल, लोगन अन्तर्राष्ट्रिय विमानस्थल, भर्जिनिया, एरिजोना र टेक्सासबाट डिपोर्ट गरिएको छ ।

कहिले भए डिपोर्ट ?

यौन आक्रमण र शारीरिक दुर्व्यवहारको आरोपमा ३९ वर्षका एक नेपालीलाई १५ जुलाईमा न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट नेपाल फर्काइएको छ । उनलाई गत अप्रिल २४ मा अमेरिकाको अध्यागमन अदालतले देशनिकालाको आदेश दिएको थियो ।

यसैगरी मेरिल्याण्ड बस्दै आएका ३६ वर्षीय एक नेपालीलाई नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मार्च ६ मा देशनिकाला गरिएको छ । उनलाई गत १७ जनवरीमा अदालतले देश निकालाको आदेश दिएको थियो ।

यसैगरी डकैतिको संलग्न अर्का २८ वर्षीय नेपालीलाई गत जुन १० मा एरिजोनाबाट नेपाल फर्काइएको छ ।

हतियारको प्रयोग गरी आक्रमणमा दोषी ठहर भएका ३४ वर्षीय नेपालीलाई २९ अप्रिलमा लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट देश निकाला गरिएको छ ।

यसैगरी टेक्सासमा बस्दै आएका ३० वर्षीय नेपाली पुरुष नाबालिगलाई अश्लील च्याट गरेको आरोपमा देश निकालामा परेका छन् । सन् २०२४ को डिसेम्बर ९ मा अपराधमा दोषी ठहर भएका उनी ३ जुनमा भर्जिनियाबाट नेपाल डिपोर्ट भएका छन् ।

यसैगरी मेरिल्याण्ड बस्दै आएका अर्का ३५ वर्षका नेपाली पुरुष पनि त्यस्तै अभियोगमा दोषी ठहर भई जुन १० मा एरिजोनाबाट डिपोर्ट भएका छन् ।

अर्का ३७ वर्षीय नेपाली मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा टेक्सासबाट कतार हुँदै डिपोर्ट भएका छन् । उनी सन् २०११ को मार्च २९ मा दोषी ठहर भएका थिए भने अध्यागमन अदालतले सन् २०१७ को जुलाई १९ मा डिपोर्टको आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...