संसद् पुर्नस्थापना माग्दै अदालत जाने एमालेको तयारी



हाम्रो इकोनोमि

 

 

 

 

 

प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालत जानेबारे नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । नेकपा एमालेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतम प्रतिनिधिसभाको विघटन असंवैधानिक भएकाले त्यसविरुद्ध अदालत जानेबारे छलफल हुनु स्वाभाविक र आवश्यक रहेको बताउँछन् । आन्तरिक छलफल भइरहेको छ । हामीले राम्ररी छलफल गरिरहेका छौं गौतमले भने, यो विषयमा एमाले र कांग्रेस एकताबद्ध भएर जान्छौं ।

उनका अनुसार अदालत जाने मोडेलको विषय भने टुंगिन बाँकी छ ।  कुन दिन अदालत जाने भन्ने टुंगिन बाँकी छ । विभिन्न मोडेल छन्, तिनबारे पनि छलफल भइरहेका छन् । यसअघि असोज १२ गते भक्तपुरको गुण्डुमा बसेको एमालेको सचिवालय बैठकमा पनि यो विषयमा छलफल भएको थियो । उक्त बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटनको न्यायिक परीक्षण हुनुपर्ने बताएका थिए ।

ज्ञवालीले भनेका छन्,  विगतका सर्वोच्च अदालतका फैसलाहरू हेर्दा कहिँकतै पनि त्यो (प्रतिनिधिसभा विघटन) संविधानसम्मत देखिँदैन । यसको संवैधानिकताको परीक्षण कहिँ न कहिँ हुनुपर्ने होला । एमालेका उपमहासचिव ज्ञवालीका अनुसार विघटित प्रतिनिधिसभामा ८० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्ने आठ वटा राजनीतिक दलले प्रतिनिधिसभा विघटनको संवैधानिकतामाथि प्रश्न खडा गरेका छन् । यसकारण पनि यो विषय अदालत पुगेर परीक्षण हुनुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...