नारायणकाजीलाई कार्यबाहक अध्यक्ष दिने तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा आफूलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका छन् । उपमहासचिव जनार्दन शर्माले  बताए अनुसार, पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका हुन् । माओवादीको पदाधिकारी बैठक गत आइतबार बसेको थियो । जहाँ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेको उपमहासचिव शर्माले जानकारी दिएका हुन् ।

मंसिरमा महाधिवेशन नै गर्ने हो भने करिब दुई महिना हुन्छ । दुई महिनालाई वरिष्ठ नेता नारायणकाजीले पनि मलाई कार्यबाहक दिनुपर्‍यो भनेर माग गर्नुभएको थियो हिजो (आइतबार) मिटिङमा । माग गरेपछि मैले भनेँ दिइदिनुस् न त उहाँलाई कार्यबाहक, दुई महिना त हो, दुई महिना कार्यवाहक दिएर केही बिग्रँदैन, दिनुहोस्, उपमहासचिव शर्माले पदाधिकारी बैठकमा भएको छलफल सुनाए । यस्तो आग्रह शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गरेका हुन् ।

महाधिवेशनसम्म कार्यबाहकको रुपमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेतृत्व गर्ने र त्यसपछि प्रचण्डसहितका सबै पदाधिकारी नेतृत्वमा नआउने उनको प्रस्ताव छ । हाल रहेका पार्टीका सबै पदाधिकारी निर्देशक समितिमा बदलिनुपर्ने उनको आग्रह छ । मंसिरमा हुने महाधिवेशनबाट पुरै नयाँ नेतृत्व ल्याउने उनको प्रस्ताव छ । यसो गर्दा पार्टीको साख थप बढ्ने उनको विश्वास छ । पार्टीले केवल महाधिवेशन तोकेर मात्रै नहुने, महाधिवेशनमा कार्यकर्तालाई स्वतन्त्र ढंगले आफ्नो नेता छान्ने र नयाँ–नयाँ बिचार आउने वातावरण बनाउन दिन सक्नुपर्ने उपमहासचिव शर्माको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...