म साधारण सदस्यमात्र भएर बस्न तयार छु : गगन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको व्यापक पुनर्गठन जरुरी भएको बताउँदै दुईवटा विकल्प सुझाएका छन् । थापाले एक भिडिओ सन्देशमार्फत उनले पार्टीको नीति, नियम, पार्टीसँग जोडिएका प्रश्नहरूको उत्तर दिने, कमजोरी र गल्तीलाई सच्याउने, सुधार्ने र नयाँ कुरालाई संकल्प गर्ने यो मौका पनि हुने बताए । महामन्त्री थापाले भने, ‘पार्टी रुपान्तरण र पार्टी पुनर्गठनको यो अभियानमा लाग्दै गर्दा त्यसको जस्तोसुकै मूल्य चुकाउन म तयार छु । म पार्टीको साधारण सदस्यमात्र भएर बस्न तयार छु, भुइँमा बस्न तयार छु । किनकि यो मेरो विषय होइन । मभन्दा माथि पार्टी छ भन्ने मलाई थाहा छ तर पार्टीभन्दा माथि देश छ ।

पार्टीको व्यापक पुनर्गठनका निम्ति उनले दुईवटा बाटो देखाएका छन् । पहिलो विकल्पमा पुरानो क्रियाशील सदस्यता नवीकरण, एकरदुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोलेर विधानको सबै धारा निलम्बन गर्ने र पार्टीको सदस्यहरूबाट सिधा चुनाव गरेर पार्टीको नेतृत्व छान्ने अरु गर्दै जाने थापाको भनाइ छ । अर्को विकल्पमा विशेष महाधिवेशन गर्नुपर्ने उनले सुझाएका छन् ।

सभापति उपचार गराइरहेको बेला यस्तो असान्दर्भिक कुरा गर्न सुहाउँछ, भन्दै कतिपयले प्रश्न गरेको भन्दै थापाले भने, ‘हामी कोही पनि संवेदनशीलहीन छैनौं । सभापतिको स्वास्थ्यको बारेमा निरन्तर जानकारी लिइरहेका छौं । सभापति अस्पतालमा भइरहेको बेलामा यो कुरा गरौँ भनेको होइन ।

सभापतिलाई सोधेर, सभापतिसँग सल्लाहले नै यो कुरा गरौँ भनेको । अझ सभापतिलाई नै तपाईंले पहिलो कदम चाल्नुस् भनेको । तर, एउटा कुरा चाहिँ हो, मनाउने हो, फकाउने हो, तर मान्नुभएन, कोही फकिनुभएन भनेदेखि भने त्यसको आधारमा अब हात उठाउने होइन । अगाडि बढ्ने हो, त्योभन्दा अर्को हामीसँग कुनै बाटो छैन । देश दनदन्ती जलिरहँदा निभाउन सक्ने तागत राख्नपर्ने भन्दै उनले भने, ‘देश सँगसँगै यो पनि बिर्सनुहुन्न ।

नौजवानहरूले जुन आगो ओकलेका छन्, त्यसको मर्म हामीले बुझ्नुपर्छ । उनीहरूले चेन्ज खोजेका छन् । थापाले आफूसहित ४६ पछि जिम्मेवारीमा रहेका नेता, अड्डा, अदालत, प्रहरी, प्रशासन, सेना सबैको सम्पत्ति, त्यसको स्रोत, जग्गा जमिन, व्यापार व्यवसाय, कतिपय काण्डहरू बिना प्रतिशोध दूधको दूध पानीको पानी छुट्याएर सजायको भागीदार बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...