नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्छौ : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नव युवाहरूसँग हातेमालो गरेर मूलधारको राजनीतिमा जोड्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा पोखरेलले भने, युवाहरूको असन्तोष राज्य र राजनीतिक दलहरूको विरुद्धमा देखा परेको छ । तिनै युवाहरूलाई राजनीतिको मूल धारमा जोड्न हामीले खोजिरहेका छौँ । उनीहरूलाई नेकपा एमाले नै युवा र जनताको भाव बोक्ने पार्टी हो भनेर अगाडी बढ्नेछौँ । नव युवाहरूसँग हातेमालो गरेर मूलधारको राजनीतिमा जोड्नु पर्ने आजको आवश्यकता छ । हामी उनीहरूलाई जोड्नेछौँ ।

हरेक पटक आफ्नो पार्टीले कामको समीक्षा गरेको बताउँदै महासचिव पोखरेलले अगाडी भने, हरेक पटक हामीले कामको समीक्षा गरेका छौँ । समीक्षाको जगमा रहेर पार्टीलाई अगाडी बढाएका छौँ । युवाहरू पार्टीप्रति रुचि घट्दै गएको समीक्षा गरेर हरेक वडाहरूबाट युवाहरूलाई समेटिरहेका छौँ । नेता तथा कार्यकर्ताहरुको सम्पत्ति छानिछानी तोडफोड गर्ने र आगजनी गर्ने काम लोकतान्त्रिक हुन नसक्ने बताए ।

कार्यक्रममा बोल्दै उनले भने, राजनीति दलका नेता तथा कार्यकर्ताहरूलाई छानाछानी सम्पत्तिहरू तोडफोड गर्ने र आगजनी गर्ने जस्ता क्रियाकलापहरू लोकतान्त्रिक हुनै सक्दैन । यो एक प्रकारले लोकतन्त्रकमाथिको प्रहार हो । यस्तो काम नयाँ पुस्ताको आन्दोलनको नाममा घुसपैठ गर्नेहरूले लुकेर गरेको काम हो यो । त्यस्तै, पोखरेलले देशभर क्षति भएका संरचनाहरूको पुनर्निर्माणका लागि एमाले एकजुट हुने समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...