नेपाललाई निरन्तर सहयोग हुन्छ : मोदी



हाम्रो इकोनोमि

 

 

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । त्यसक्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्कीको नेतृत्वलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो जानकारी मोदी आफैंले एक्समार्फत् दिएका हुन् ।

कुराकानी आत्मीय भएको उनले बताएका छन् । मोदीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा जेनजी युवा आन्दोलनमा भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारमा समवेदना पनि प्रकट गरेका थिए ।उनले असोज ३ गतेको नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...