डेरा खोज्दै निवर्तमान प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

जेनजी आन्दोलनपछि नेपाली सेनाको सुरक्षामा रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चाँडै बाहिर निस्किने तयारीमा रहेका छन् । बालकोटस्थित ओलीको निजी निवास आन्दोलनमा ध्वस्त भएकाले उनका लागि अस्थायी बसोबास (डेरा) को खोजी भइरहेको छ । जेनजी आन्दोलनमा प्रदर्शनकारीको सबैभन्दा बढी तारो एमाले बनेको थियो ।

एमालेका कार्यालयदेखि सयौं नेताहरूका निवासमा तोडफोड र आगजनी भएका छन् । बालकोटस्थित ओलीको निजी निवास पूर्णरूपमा खण्डहर बनेको छ । बाहिर निस्किनासाथ ओलीलाई सुरक्षित बासस्थानमा राख्न निकटस्थहरू खोजीमा जुटेका छन् । एमाले उच्च स्रोतले अध्यक्ष ओली बसोबास प्रबन्ध मिलाएर ३-४ दिनभित्र सार्वजनिक हुनसक्ने बतायो । स्रोतले भन्यो, यदि परिस्थितिमा नयाँ फेरबदल आएन भने ३-४ दिनमा बाहिर आउनुहुन्छ ।

ओलीको अनुपस्थितिमा एमालेको कुनै औपचारिक बैठक पनि बसेको छैन । ओलीले आफू बाहिर आएपश्चात मात्रै बैठक बस्ने सन्देश नेताहरुलाई पठाएका छन् । अध्यक्ष पद त्याग्ने कुनै पनि संकेत उनले नगरेको स्रोतको भनाइ छ । उहाँ बाहिर आएपछि पार्टी अध्यक्षकै रूपमा पूर्ववत सक्रिय बन्नुहुने छ,’ ओली निकट एक नेताले भने, नेतृत्वमा फेरबदलको अहिले सम्भावना छैन ।

ओली अहिले पार्टीका प्रमुख नेताहरूसँग नियमित सम्पर्कमा छन् । उनकै निर्देशन अनुसार भोलि एमालेले संविधान दिवसको कार्यक्रम आयोजना गरेको छ । आन्दोलनमा जलाइएको च्यासलस्थित केन्द्रीय कार्यालयको भग्नावशेषमै संविधान दिवसको कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा पार्टीका प्रमुख नेताहरूको उपस्थिति रहनेछ  ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...