संविधान दिवस मनाउने सरकारको तयारी



हाम्रो इकोनोमि

 

 

विषम परिस्थितिका बाबजुद सरकारले संविधान दिवस औपचारिकरुपमा नै मनाउने भएको छ । २०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि संविधान दिवस मनाउन लागिएको हो ।

प्रधानमन्त्री नै संविधान दिवस मुल समारोह समितिको अध्यक्ष रहने परिपाटी अनुसार यसअघिकै सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मुल समारोह समिति गठन गरेको थियो । उक्त समितिको बैठक बसिसकेको छ । बैठकले संविधान दिवस मनाउनका लागि राज्यका सबै निकायलाई परिपत्र गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनायो ।

यसअघि जस्तै मुल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुडिखेलमा बिशेष समारोह आयोजना गरिने गृह मन्त्रालयका सहसचिव एवम आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारीले नेपाल प्रेससँग बताए ।

तिवारीका अनुसार समारोहमा उपस्थितिका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संवैधानिक परिषद्का पदाधिकारी एवम विशिष्ट व्यक्तिलाई गृह मन्त्रालयले पत्राचार गरिसकेको ट । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीसँग समन्वय गरेर नै संविधानका विभिन्न कार्यक्रम तय भएका सहसचिव तिवारीले बताए ।

संविधान दिवसको समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहेको छ । त्यसलाई निरन्तरता दिँदै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले सम्बोधन गर्नेछिन् । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...