संविधान दिवस मनाउने सरकारको तयारी



हाम्रो इकोनोमि

 

 

विषम परिस्थितिका बाबजुद सरकारले संविधान दिवस औपचारिकरुपमा नै मनाउने भएको छ । २०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि संविधान दिवस मनाउन लागिएको हो ।

प्रधानमन्त्री नै संविधान दिवस मुल समारोह समितिको अध्यक्ष रहने परिपाटी अनुसार यसअघिकै सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मुल समारोह समिति गठन गरेको थियो । उक्त समितिको बैठक बसिसकेको छ । बैठकले संविधान दिवस मनाउनका लागि राज्यका सबै निकायलाई परिपत्र गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनायो ।

यसअघि जस्तै मुल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुडिखेलमा बिशेष समारोह आयोजना गरिने गृह मन्त्रालयका सहसचिव एवम आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारीले नेपाल प्रेससँग बताए ।

तिवारीका अनुसार समारोहमा उपस्थितिका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संवैधानिक परिषद्का पदाधिकारी एवम विशिष्ट व्यक्तिलाई गृह मन्त्रालयले पत्राचार गरिसकेको ट । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीसँग समन्वय गरेर नै संविधानका विभिन्न कार्यक्रम तय भएका सहसचिव तिवारीले बताए ।

संविधान दिवसको समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहेको छ । त्यसलाई निरन्तरता दिँदै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले सम्बोधन गर्नेछिन् । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...