जेनजी आन्दोलनका मृतकको अन्त्येष्टि गरिंदै



हाम्रो इकोनोमि

 

 

 जेनजी युवाको आन्दोलनमा ज्यान गुमाएकाहरुको आज अन्त्येष्टि गरिँदै छ । मृतकका परिवारका सदस्य र आफन्तहरुले शवयात्रा निकाल्ने तयारी गरिएको छ । शवयात्राका लागि आएकाहरुले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् । उनीहरु शोकमग्न अवस्थामा देखिन्छन् ।

सरकारले आन्दोलमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो गोली लागेकाहरु छन् । कतिपयका शव आगोमा जलेको अवस्थामा भेटिएका छन् ।

शवहरु संकलन गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । त्यहाँ पोष्टमार्टम गरी शवको पहिचान भएपछि आफन्तको जिम्मा लगाउने गरिएको छ । केही शव पहिल्यै आफन्तले बुझेर अन्त्येष्टि गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...