टुक्रे आयोजना खारेज गर्छौँ, फजुल खर्च घटाउँछौँ : अर्थमन्त्री खनाल



हाम्रो इकोनोमि

 

 

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् । उनले भने, पूर्व तयारी नरहेका आयोजनाहरूको काम अगाडी बढाउँदैनौँ । तयारी नभएका टुक्रे आयोजना खारेज गर्छौँ । फजुल खर्च मूल्याङ्कन गरेर काम गर्छौँ । आफूहरूले आयोग मार्फत दिएका सुझावहरू कार्यान्वयन गर्न समेत तत्पर रहेको उनले बताए ।

अर्थ मन्त्रालय परिसरमा रहेको भंग्नावशेश तुरुन्तै हटाउने समेत उनले जानकारी दिए । हामी खरानीबाट जाग्यौँ है भने सन्देश अर्थ मन्त्रालयबाट नै दिने समेत अर्थमन्त्री खनालले बताए । पदभार ग्रहणपछि अर्थमन्त्रीले बजेटबाट टुक्रे आयोजना हटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...