जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

जेनजी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ५१ व्यक्ति मारिएको केन्द्रीय प्रहरीले जनाएको छ । तर, मारिएका सबै जेनजी आन्दोलनकारी नभएको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन् ।

मारिएको भनी सार्वजनिक भएको विवरणमध्ये १८ जना को हुन् भन्ने पहिचान अझै खुलेको छैन । १८ बाहेक अन्य ३२ मृतक पनि सबै जेनजी आन्दोलनकारी नभएको घिमिरेले बताए । जो जेनजी आन्दोलनकारी हैनन्, ती हुलमुलमा परेर मारिएको उनको भनाइ छ । तर, उनीहरु को हुन् भन्ने पहिचान खुलाउने सिलसिला शुरु भएको उनले बताए ।

आन्दोलनका क्रममा कतिपय भारतीय नागरिक पनि मारिएका छन् । बौद्धस्थित होटल हायातमा प्रदर्शनकारीले तोडफोड गर्ने क्रममा उक्त होटलमा बस्ने एक भारतीय पर्यटक महिला लडेर घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारका निम्ति अस्पताल त लगियो ।

तर, उनको अस्पतालमा मृत्यु भएको प्रवक्ता घिमिरे बताउँछन् । अन्य केही मृतक भारतीय नागरिक भएको सूचना प्राप्त भएको, तर पहिचान नभएको उनले बताए । हामी सबैको पहिचान खुलाएर व्यवस्थित विवरण सार्वजनिक गर्ने छौँ, पहिचान भएकाहरुको शव आफन्तलाई बुझाउन थालिएको छ’ उनले भने । त्यसबाहेक कतिपय कर्मचारी पनि मारिएका छन् । कर्मचारीमध्ये निजामति र फौजी दुबैतिरका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...