संविधान र संसदबाट नै निकास खोज्न सांसद थापाको आग्रह



हाम्रो इकोनोमि

 

 

सांसद सूर्यवहादुर थापाले राष्ट्रपति रामचन्द्र पौडेलले अविलम्ब राष्ट्रको नाममा सम्बोधन गरेर आम नागरिकलाई आश्वस्त र विश्वस्त बनाउन आग्रह गरेका छन् । थापाले आज विज्ञप्ति जारी गर्दै अहिलेकै संविधान र सार्वभौम संसदबाट नै राजनीतिक निकास दिनुपर्नेमा जोड दिएका हुन् । “सरकार बनाउने संसदले हो । यो मूलबाटो छाडेर वा बिराएर अथवा भत्काएर देशलाई सही रूपमा अघि बढाउन संभव हुने छैन । इतिहासमा कलंकको टीका लगाउने गल्ती कसैबाट नहोस् । यति कुरामा हरेक लोकतन्त्र पक्षधरले ध्यान दिनुपर्छ,” उनले लेखेका छन् ।

उनले केही दिनयता विकसित भएका घटनाक्रम र गतिविधिहरूप्रति गंभीर ध्यानाकर्षण भएको जनाउँदै मलुकमा सिर्जित राज्यबिहीनता र सुरक्षा रिक्तताको अवस्थामा असुरक्षा, अमानुषिक दुर्व्यवहार, आक्रमण र सर्वत्र आगजनी एवं लुटपाटको मारमा पीडित/प्रताडित सबैप्रति गहिरो सहानुभूतिकासाथ धैर्यधारण गर्न आग्रह गरे । जनताको नासो संसद विघटनको असंवैधानिक कदममा देशी–विदेशी स्वार्थ समूहहरू सक्रिय रहेको स्पष्ट देखिएको उनको भनाइ छ ।

“संविधानसम्मत र सार्वभौम संसदको छलफल एवं निर्णयभन्दा भिन्नढंगले कोही पनि अघि बढ्न खोज्नु असंवैधानिक मात्र होइन स्वतन्त्रता र मानव अधिकारका लागि पटक पटक भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई कत्लेआम गर्ने पश्चगामी र प्रतिगामी कदम हुनेछ, थापाले अगाडि लेखेका छन्, आवधिक निर्वाचनले स्थापित गरेको जनमतलाई खण्डित गर्ने अर्को निर्वाचनले मात्रै हो। असंवैधानिक रूपमा संसद विघटनको परिकल्पना संविधानले गरेको छैन ।

सांसद थापाले अहिलेको आन्दोलनले खोजेको सुशासन र प्रतिनिधित्व प्रणालीमा परिवर्तनको विषयलाई संविधान संशोधनको माध्यमबाट समाधान गर्नसक्ने र संविधानको परिधिभित्र रहेरै जान सकिने अवस्था पनि विद्यमान रहेको बताए । अहिलेको समस्या संविधान भित्र रहेर सहमतिका साथ अगाडि बढ्नु संवैधानिक र बुद्धिमत्तापूर्ण निर्णय हुने उनको जोड रहेको छ ।

“सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू संविधानविपरितको काम र क्रियाकलापमा सहभागी वा सहमत हुनुभएको छैन र हुनुहुने पनि छैन भन्ने विश्वासमा छौं । सम्माननीय राष्ट्रपतिलाई यस्तो काम गर्नमा कुनै अवाञ्छित प्रयास कहीं कतैबाट नहोस्,  उनले भने, सम्माननीय सभामुख महोदयबाट जनमत र जनताको सार्वभौमसत्ताको अभ्यास हुने प्रतिनिधिसभाको रक्षा र उचित भुमिका निर्वाहका निम्ति विशेष अनुरोध गर्दछु, ।

उनले नेपाली सेनाका परमसेनाधिपतिले नेपाली सेनालाई शान्तिसुरक्षा व्यवस्थापनको मुख्य काममा निर्देशित गरेर लोकतन्त्रको सर्वस्वीकार्यतामा नै देशलाई अघि बढाउन पहल गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै यस विपरितका कार्यको किमार्थ समर्थन हुने नहुने र हुन सक्ने नसक्ने बताउनु भएको छ । उनले सवै राजनीतिक दलहरू आआफ्नो धारणा स्पष्ट गर्दै संयुक्त रूपमा राष्ट्र, संविधान र जनमतको नासोको रक्षाका निम्ति मोर्चाबन्दीमा जुट्नुपर्ने अवस्थातर्फ समेत ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...