नेताका निवास, कार्यालय र मुख्य संवेदनशील क्षेत्र सुरक्षाकर्मीको नियन्त्रण बाहिर



हाम्रो इकोनोमि

 

 

सरकारविरुद्धको आन्दोलन चर्किएपछि अहिले देशव्यापी आगजनी र तोडफोड भएको छ । संवेदनशील क्षेत्रहरु मानिएका प्रमुख दलका नेता र तीनका पार्टी कार्यालयहरु सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा प्रदर्शनकारीहरुले आगो लगाएका छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढालीलकण्ठमा पनि आगजनी भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा तोडफोड भएको छ । मन्त्री निवास भैंसेपाटीमा पनि आगजनी भएको छ । परराष्ट्रमन्त्री आरजु देउवाको धनगढीस्थित निवास तोडफोड र आगजनी भएको छ । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठीस्थित घरमा आगजनी भएको छ ।

ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठ निवासमा आगजनी भएको छ । कांग्रेस महामन्त्री गगन थापाको रातोपुलस्थित निवासमा आगजनी भएको छ । एमालेका सचिव रघुविर महासेठको निवासमा आगजनी भएको छ । त्यस्तै एमाले नेता सुरेन्द्र पाण्डेको निवासमा पनि तोडफोड भएको छ । अहिले  सुरक्षाकर्मीहरुले नेताहरुलाई सुरक्षित  स्थानमा  ओसारिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...