एमाले विधान महाधिवेशनको आज अन्तिम दिन, अध्यक्षले जवाफ दिने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । महाधिवेशनमा उठेका जिज्ञासाको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र विभिन्न प्रतिवेदनहरु पारित गर्दै समापन हुने नेकपा एमालेले जनाएको छ ।

एमालेको विधान महाधिवेशन भदौ २० गतेदेखि सुरु भएको थियो । त्यहाँ प्रस्तुत प्रतिवेदनमाथि १० समूह बनाएर छलफल गरिएको थियो । शनिबार छलफल सकिएको र आज बिहान ८ बजेदेखि सुरु बन्दसत्रमा छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

त्यसक्रममा उठेका जिज्ञासा र प्रश्नको जवाफ अध्यक्ष ओलीले दिनेछन् । त्यसपछि समसामयिक प्रस्ताव पारित गरिने छ । आज नै केन्द्रीय निर्वाचन आयोगको निर्वाचन समेत हुनेछ । त्यसपछि महाधिवेशन समापन हुने एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ । समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित भदौ २० गतेदेखि एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको थियो । विधान महाधिवेशनमा देशभरिका २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी २ हजार ३४१ जनाको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...