एमाले विधान महाधिवेशनको आज अन्तिम दिन, अध्यक्षले जवाफ दिने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । महाधिवेशनमा उठेका जिज्ञासाको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र विभिन्न प्रतिवेदनहरु पारित गर्दै समापन हुने नेकपा एमालेले जनाएको छ ।

एमालेको विधान महाधिवेशन भदौ २० गतेदेखि सुरु भएको थियो । त्यहाँ प्रस्तुत प्रतिवेदनमाथि १० समूह बनाएर छलफल गरिएको थियो । शनिबार छलफल सकिएको र आज बिहान ८ बजेदेखि सुरु बन्दसत्रमा छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

त्यसक्रममा उठेका जिज्ञासा र प्रश्नको जवाफ अध्यक्ष ओलीले दिनेछन् । त्यसपछि समसामयिक प्रस्ताव पारित गरिने छ । आज नै केन्द्रीय निर्वाचन आयोगको निर्वाचन समेत हुनेछ । त्यसपछि महाधिवेशन समापन हुने एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ । समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित भदौ २० गतेदेखि एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको थियो । विधान महाधिवेशनमा देशभरिका २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी २ हजार ३४१ जनाको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...