रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए दिदीबहिनी



हाम्रो इकोनोमि

 

 

अछाममा दुई किशोरी मृत फेला परेका छन् । बिहीबार तुर्माखाँद गाउँपालिका–६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा भेटिएका हुन् । १७ गतेदेखि सम्पर्कविहीन रहेका दुवै जनाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । सानो बुवा र ठूलो बुवाका छोराछोरी रहेका दिदीबहिनी एउटै रुखमा भेटिएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  घटनाबारे बिहान ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यहाँको प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगेको छ, जिल्लाबाट अर्को टोली पनि पुग्दैछ, डीएसपी खनालले भने , घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गर्नेछ ।

घटनास्थल घरबाट करिब ४ सय मिटर टाढा रहेको छ । १३ र १४ वर्षका दुई किशोरीको शव प्रहरीले रुखबाट निकालेको छ । उनीहरू दुवै जना वडा नं. ६ कै निवासी हुन् । १७ गते साँझदेखि सम्पर्कविहीन रहेको जानकारी वडा अध्यक्ष टिकाराम जैशीले दिए । एउटै रुखको एउटै हाँगामा भेटिएको शवबारे गम्भीर अनुसन्धान हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...