श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव



हाम्रो इकोनोमि

 

 

 श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ । घटना अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरा भन्ने ठाउँको हो ।

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भएका ३६ वर्षीय किरण गुरुङ विगत आठ वर्षदेखि पातलेपाखरामा घर खरिद गरेर बस्दै आएका थिए ।

उनी ३४ वर्षकी श्रीमती सुमित्रा कुमाल गुरुङ र ९ वर्षकी छोरी सरुसँगै बस्दै आएका थिए । तर पछिल्लो केही दिनदेखि सुमित्रा भने बेपत्ता भइन् । वरपर छरछिमेक माइती पक्षले उनलाई नदेखेपछि सुमित्रा हराएकाले खोजी गरिदिन भन्दै १६ भदौमा प्रहरी चौकी बाल्कोटमा मौखिक जानकारी गराएका थिए ।

त्यसपछि अनुसन्धान गर्दा उनकै घरको भान्छा कोठामा गाडेको अवस्थामा सुमित्राको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख तथा डीएसपी चक्र मल्लले बताए । अनुसन्धानको क्रममा १२ भदौको राति १२ बजेतिर श्रीमान्–श्रीमती विवाद भएको त्यसपछि हत्या गरिएको खुलेको हो ।

विवाद भएपछि सोही रात किरणले श्रीमती सुमित्रालाई बाँसको भाँटा र हंसियाले हानेर हत्या गरेको पाइएको हो । हत्यापछि कम्बलले पोको पारेर आफ्नै घरको भान्छाकोठामा खाल्डो खनेर शव गाडिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

घरभित्र गन्ध आएपछि उत्खनन् गरेर हेर्दा सुमित्राको शव भेटिएको डीएसपी मल्लले  बताए । १६ भदौको राति साढे ८ बजेतिर शव उत्खनन् गरेर प्रहरीले निकालेको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ । श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ । किरण र सुमित्रा विगत १० वर्षदेखि प्रेम सम्बन्धमा रहेको र दुवैको दोस्रो विवाह भएको प्रहरीले बताएको छ । किरणको पूर्वश्रीमतीबाट २ छोरी र सुमित्राको पूर्वश्रीमान्‌बाट ३ छोरी रहेको पाइएको छ ।

११ भदौमा किरण गाउँमै भएको भजनकृतन कार्यक्रममा उपस्थित भएका थिए । राति साढे ११ बजेतिर घर फर्केका थिए । त्यसपछि १२ बजेतिर श्रीमतीको हत्या गरेको पाइएको प्रहरीले बताएको छ । हत्या गर्ने बेला उनले मादक पदार्थ सेवन गरेको पाइएको छ ।

श्रीमतीको हत्या गरेर किरण घरमै बसेका थिए । कसैलाई खबर गरे छोरीलाई समेत मार्ने भनेर धम्की दिएकाले ९ वर्षकी छोरीले घटना थाहा पाउँदा समेत कतै भन्न नसकेको पाइएको एक अनुसन्धान अधिकृतले बताए । प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको बाँसको लाठ्ठी, हंसिया बरामद गरेको छ । त्यसैगरी शव गाड्न प्रयोग भएको गैंची, बेल्चा, सानो कोदालो बरामद गरेको छ । ‘ओरेन्ज’ लेखेको मदिराको खाली बोत्तल र भरी बोत्तल पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...