आन्दोलन समितिको संयोजक धवलशम्शेर राणा



हाम्रो इकोनोमि

 

 

राजसंस्था फर्काउने आन्दोलनको लागि गठित संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक डा.धवलशम्शेर राणा तोकिएका छन् । समितिका संयोजक नवराज सुवेदीले आफू देश बाहिर जानुपर्ने भन्दै राप्रपा महामन्त्री राणालाई कार्यवाहक संयोजकको जिम्मेवारी दिएका हुन् । संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले केही समयका लागि पारिवारिक कामले छोरोसहित आज अष्ट्रेलिया जान लागेको बुझिएको छ । देश बाहिर जाने भएपछि साे अवधिमा समितिको सम्पूर्ण जिम्मेवारी उनले डा. राणालाई दिएका हुन् ।

समितिको कार्य सञ्चालनका लागि सुवेदीले डा. राणालाई अधिकार दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘म केही समय देश बाहिर हुनेछु । म देश बाहिर रहुन्जेल, मेरो अनुपस्थितिमा मैले गर्दै आएको सम्पूर्ण जिम्मेवारी कार्यवाहक संयोजकको रुपमा निर्वाह गर्न आन्दोलन परिचालन समितिका संयोजक मा. डा. धवलशम्सेर राणालाई अख्तियारी दिएको छु’, सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन् । संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्रको पुनः स्थापनाका लागि आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...