आन्दोलन समितिको संयोजक धवलशम्शेर राणा



हाम्रो इकोनोमि

 

 

राजसंस्था फर्काउने आन्दोलनको लागि गठित संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक डा.धवलशम्शेर राणा तोकिएका छन् । समितिका संयोजक नवराज सुवेदीले आफू देश बाहिर जानुपर्ने भन्दै राप्रपा महामन्त्री राणालाई कार्यवाहक संयोजकको जिम्मेवारी दिएका हुन् । संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले केही समयका लागि पारिवारिक कामले छोरोसहित आज अष्ट्रेलिया जान लागेको बुझिएको छ । देश बाहिर जाने भएपछि साे अवधिमा समितिको सम्पूर्ण जिम्मेवारी उनले डा. राणालाई दिएका हुन् ।

समितिको कार्य सञ्चालनका लागि सुवेदीले डा. राणालाई अधिकार दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘म केही समय देश बाहिर हुनेछु । म देश बाहिर रहुन्जेल, मेरो अनुपस्थितिमा मैले गर्दै आएको सम्पूर्ण जिम्मेवारी कार्यवाहक संयोजकको रुपमा निर्वाह गर्न आन्दोलन परिचालन समितिका संयोजक मा. डा. धवलशम्सेर राणालाई अख्तियारी दिएको छु’, सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन् । संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्रको पुनः स्थापनाका लागि आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...