भारत लगेर मिर्गौला बेच्ने गिरोहका मुख्य नाइके पक्राउ



हाम्रो इकोनोमि

 

 

 एउटै गिरोहले भारतमा लगेर ५ जना नेपालीको मिर्गौला बेचेको खुलेको छ । उक्त गिरोहका मुख्य नाइकेसहित थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ लगातका जिल्लामा पुगेर विभिन्न प्रलोभनमा पारी भारतमा लगेर किड्नी बेच्ने उक्त गिरोहबारे प्रहरीले आइतबार जानकारी गराएको छ । श्याम कृष्ण भण्डारीको समूहले नेपालीलाई भारत पुर्‍याएर मिर्गौला बेच्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

समूहका नाइके भण्डारी र सहयोगी सुजन भारती भारतबाट नेपाल आउने क्रममा नाकाबाटै पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नाइके भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट नियन्त्रणमा लिएको हो । उक्त समूहविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा ४ वटा मुद्दा दर्ता भएका छन् भने ५ जना पीडितहरूले जाहेरी दिएका थिए । त्यसपछि ‘अप्रेसन लाइफ फिल्ड’ नाम दिएर ब्यूरोले अनुसन्धान अघि बढाएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा किड्नी दिन तयार हुने मानिसलाई गाडीको व्यवस्थापन आफैं गरेर भारतको नयाँदिल्लीसम्म पुर्‍याउने गरेको खुलेको छ । उक्त कार्यमा संलग्न अन्य तीन जना गत साउन २० गते पक्राउ परेका थिए । पीडितले दिएको जाहेरी र पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो ।

प्रहरीले लिएको प्रारम्भिक बयानका क्रममा मुख्य नाइके भण्डारीले, नेपालबाट लगिएकाहरूलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरवा निकेतनस्थित एउटा होटलमा लगेर राख्ने र खाने बस्ने सबै व्यवस्था गर्ने गरेको बताएका छन् । किड्नी दिन तयार भएका मानिसहरूलाई होटलमै चिकित्सक बोलाएर रगत जाँच लगायतका काम गर्ने गरेको पनि भण्डारीले बयानका क्रममा भनेका छन् ।

त्यसरी भारत पुर्‍याइएका नेपालीहरूलाई बेहोस बनाएर आँखामा पट्टि लगाएर अस्पतालमा ३/४ दिन राख्ने र नेपाल फर्काउने काम गरेको पनि भण्डारीले प्रहरीसमक्ष बताएका छन् । भण्डारीले आफूले ६ लाख भारतीय रुपैयाँ दिने भनेर प्रलोभनमा पार्ने गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार, मुद्दा चलिरहेका पीडितमध्ये एक जनाले ५ हजार मात्रै पाएको पनि उनले बयानका क्रममा स्वीकारेका छन् ।

सोधपुछका क्रममा उनले २५ जना व्यक्तिको किड्नी झिक्न लगाएर पैसा लिएको स्वीकारेका छन् । यद्यपि अनुसन्धानका क्रममा भने एक सयभन्दा बढी व्यक्तिहरूको किड्नी बेचबिखनमा संलग्न भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...