विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण हुदैन : ज्ञवाली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उप-महासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रको अभिभावक भएकोले पार्टी सदस्यता नवीकरण नहुने स्पष्ट गर्नुभएको छ । एमाले विधान महाधिवेशनको सन्दर्भमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवादमा बोल्दै उपमहासचिव ज्ञवालीले पार्टीले संस्थागत निर्णय गरेर प्रणाली बसाइसकेकोले अब बिद्याको च्याप्टर क्लोज भएको घोषणा नै गर्नुभयो । भण्डारीको पार्टी सदस्यता नवीकरणको कुरा उठाउनु आवश्यक पनि नभएको उहाँको भनाई छ ।

ज्ञवालीले राष्ट्रपति र उपराष्ट्रपति जस्ता पदमा पुगेका व्यक्तिहरू पार्टीमा आबद्ध हुनेभन्दा पनि देशकै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । संविधानको धारा ६२ को उपधारा ६ मा निर्वाचित वा मनोनित जुनसुकै पदमा भए पनि राष्ट्रपति वा उपराष्ट्रपतिमा निर्वाचित हुने बित्तिकै सबै पदहरूबाट स्वतः मुक्त हुने कुरा उल्लेख भएको भन्दै ज्ञवालीले भण्डारीको पार्टी सदस्यता पनि सोही बेला नै निष्क्रिय भइसकेको बताउनुभयो। ज्ञवालीले पार्टी अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो बेलामा बोल्ड लिडर आवश्यक पर्ने भएकोले आगामी अघारौ महाधिबेशनबाट पनि केपी शर्मा ओली नै अध्यक्ष हुने जानकारी दिनुभयो ।

ओलीको नेतृत्वमा मात्रै पार्टीले वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने ज्ञवालीको निष्कर्ष छ । ज्ञवालीका अनुसार आगामी असोज २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा २ हजार ३ सय ५० जना सहभागी हुनेछन् । यदि विधान महाधिवेशनमा कुनै कुरा टुङ्गोमा पुर्‍याउन मतदान गर्नुपर्ने स्थिति आएमा दशौँ महाधिवेशनमा भाग लिएका २ हजार ३३ जनाले मतदान गर्ने उहाँले जानकारी दिनुभयो । जनताको बहुदलीय जनवाद (जबज) को विकल्प एमालेले खोज्न थाल्यो भन्ने बुझ्दै नबुझि टिकाटिप्पणी भइरहेकोमा ज्ञवालीले आपत्ति जनाउनु भयो। ज्ञवालीले माक्र्सवाद–लेनिनवादलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने क्रममा यसको सृजनात्मक प्रयोगको रूपमा एमालेले जबज ल्याएको र नेपालको सन्दर्भमा माक्र्सवाद भनेकै जबज भएको स्पष्ट गर्नुभयो ।

ज्ञवालीले पाँचौँ महाधिवेशनमा कार्यक्रम भने पनि सिद्धान्तका आधारहरू रहेको, छैटौँ महाधिवेशनमा निर्देशक विचारको रूपमा सबै विचारहरूलाई मार्गदर्शन गरेको, सातौँमा त्यसैलाई निरन्तरता दिएको, आठौँमा मार्गदर्शक सिद्धान्त भनेको, नवौँमा २० वर्षको अभ्यासले जबज कसरी सही प्रमाणित भयो भन्ने विषयमा छलफल गरेको र दशौँमा त्यसलाई अझ माथि उठाएको जानकारी पनि गराउनु भएको छ। यही कारण जबजलाई मार्गदर्शक सिद्धान्तको रूपमा थप पुष्टि गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले यस महाधिवेशनमा जबजले सामन्तवादको अन्त्य गर्न, निरंकुश राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सामाजिक न्याय, समावेशीता र मौलिक अधिकारसहितको प्रणाली स्थापित गर्न, समाजवादउन्मुख संविधान निर्माण गर्न मार्गदर्शन गरेको विषयमा जोड दिइने बताउनुभयो । ज्ञवालीले जबजको यात्रा यहाँ मात्रै नरोकिने भन्दै अब समृद्धिको यात्रामा जानका लागि जबजलाई समयाअनुकूल विकास गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...