फेटा गाउँपालिकामा अपाङ्गता भएका नागरिकलाई ह्विलचियर वितरण



हाम्रो इकोनोमि

 

 

‍बारा जिल्लाको फेटा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले ह्विलचियर वितरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिका अध्यक्ष श्री रुस्तम अन्सारी र उपाध्यक्ष निलम साहको संयुक्त पहलमा आयोजना गरिएको कार्यक्रममा पालिकाभित्रका वास्तविक अपाङ्गता प्रमाणपत्र प्राप्त लाभग्राहीहरूलाई ह्विलचियर प्रदान गरिएको हो । कार्यक्रमले स्थानीय तहबाट सामाजिक समावेशिता, सहजीकरण र पहुँच सुनिश्चित गर्ने प्रयासलाई थप सबल बनाएको छ । फेटा गाउँपालिकाको नेतृत्वले अपाङ्गता भएका नागरिकहरूको सहज आवागमन तथा आत्मनिर्भर जीवनशैली निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले यस्तो पहल गरेको जनाइएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष रुस्तम अन्सारीले भने: फेटा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको जीवन सहज बनाउने दिशामा यस्ता कार्यक्रमहरू निरन्तर अगाडि बढाउनेछ । त्यसैगरी उपाध्यक्ष निलम साहले समाजमा समान अवसर सुनिश्चित गर्न सबै तहको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, सेवा प्रवाहमा पारदर्शिता र पहुँचको सुनिश्चितता गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो । कार्यक्रममा सहभागी लाभग्राहीहरूले ह्विलचियर पाउँदा खुसी व्यक्त गर्दै गाउँपालिका तथा नेतृत्वप्रति धन्यवाद ज्ञापन गरेका थिए । राहुल गुप्ता, बारा

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...