विप्लव निवासमा प्रचण्ड, पार्टी एकताबारे छलफल



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव निवासमा पुगेका छन् । विप्लवलाई भेट्न निवास हरिसिद्धि पुगेका हुन् । दुई नेताबीच अहिले छलफल चलिरहेको प्रचण्ड सचिवालयले जनाएको छ । भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चादेखि पार्टी एकताको विषयमा केन्द्रित रहेको जनाइएको छ ।

माओवादीले हालै बसेको स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । यसअघिदेखि नै चर्चामा रहे पनि वार्ताबिना माओवादीले निर्णय गरेपछि नेकपाका नेताहरूले असन्तुष्टि जनाइरहेका थिए । एकता वार्तालाई अगाडि बढाउने उद्देश्यले प्रचण्ड आज विप्लव निवासमै पुगेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...