विद्याले अध्यक्ष बन्छु भन्दै हिँडेकाले समस्या भयो : शेरधन



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी अञ्चल इन्चार्जले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारेको बहस भावनाले नहुने बताएका छन् । पार्टी जिल्ला कमिटीको शनिबारको बैठकमा भण्डारीको सदस्यता रोक्ने निर्णयले तलसम्म असर परेको कुरा उठेपछि राईले पार्टीले निर्णय गरिसकेको विषयमा कोही दायाबायाँ गर्न नमिल्ने बताए । भोजपुरमा जन्मिएकी भण्डारीको राजनीतिक सुरूवात यहीँबाट भएको थियो । भोजपुर शेरधनको पनि गृहजिल्ला हो ।

राईले जिल्लाकै हिसाबले पनि आफ्नो दिदीभाइको सम्बन्ध रहेको ५६ सालदेखि आफ्नो राजनीतिक जीवनमा सहयोग पनि गरेको सम्झिँदै सधैँ आफूले सम्मान गर्ने तर, राजनीतिक कुरा र पार्टीको निर्णयबाहिर जान नसक्ने प्रष्ट पारेका छन् ।

कोशीको संस्थापक मुख्यमन्त्रीसमेत रहेका शेरधनलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा अर्कैले दौरा-सुरूवाल सिलाइसकेका बेला विद्याले त्यसबेला अडान लिएपछि सञ्चारमन्त्रीको शपथ गराइएको एमालेका जानकार नेताहरूले चर्चा गर्दै आएका छन् । एमालेमा फर्किने कुरा आएपछि भण्डारीसँग आफू ३/४ घण्टा छलफल गरेर नेतासँग कुरा गराउन सहजीकरण गरेपनि पद्धतिभित्र नआएको उनको भनाइ थियो । भण्डारीले आफ्ना विचार/आकांक्षा र सोचलाई विधि पद्धतिविपरीत सार्वजनिक ठाउँमा बोलेको उनको टिप्पणी थियो ।

एमालेको अध्यक्षकै निम्ति आउँदैछु भनेर मिडियाबाट बोलेको भन्दै राईले भने, उहाँ पूर्वराष्ट्रपतिको हैसियतमा रहनुभएको थियो । जहाँसम्म उहाँको सदस्यता नवीकरणको कुरा उहाँ पार्टीको नेता कार्यकर्ता पनि हुनु भएको हुनाले र सधैँ एमालेको हित र उन्नतिमा साथ दिने गार्जेन पनि भएकाले त्यसबाटोबाट आफ्ना विचार/आकांक्षा र सोचलाई त्यताबाट ल्याउनुपर्थ्यो । तर, त्योरूपमा विषय आएन । सार्वजनिक कार्यक्रममा सक्रिय राजनीतिमा आउँदैछु भन्नुभयो । र, म पार्टी अध्यक्षकै निम्ति आउँदैछु भनेर भित्रबाट हैन बाहिर मिडियाबाट आउनुभयो । जुन कुरा पार्टीले अपेक्षा गरेको थिएन । त्यो पद्धतिभित्र पनि पर्दैनथ्यो । पार्टीको उपाध्यक्ष र सदस्यता त्यागेर राष्ट्रपति बनेको भन्दै उनले भण्डारीले दुवै कार्यकालमा असाध्यै राम्रो छविका साथ राम्रो उचाइबाट राष्ट्रको अभिभावकत्व निर्वाह गरेको बताउँदै सारा नेपालीले कदर गरेका छन् प्रशंसा गरेको र पार्टीले पनि कदर गरेको शेरधनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...