मोबाइल भ्यानसहित पानी परीक्षणमा मन्त्री यादव



हाम्रो इकोनोमि

 

 

वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण तथा शुद्धीकरणको काम सुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको टोली मोबाइल भ्यानसहित परिचालन भएको हो । उक्त टोलीले अहिले पानी परीक्षणको कार्य अगाडि बढाएको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए । प्रभावित क्षेत्रमा मन्त्री यादव आफैं खटिएका छन् ।

आज बिहानदेखि हैजा प्रभावित क्षेत्रहरूमा मसहित हाम्रो प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको कार्य प्रारम्भ गरेका छौँ । प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धीकरणको कार्य तीव्र रूपमा अगाडि बढाएको छ, मन्त्री यादवले भने ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा हैजाको प्रकोप देखिएको र केहीको मृत्युसमेत भएको छ । हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगञ्ज महानगरपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएको छ । वीरगञ्जमा शुक्रबार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको थियो । हैजाको जस्तो लक्षण देखिएका दुई जनाको शनिबार मृत्यु भएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालहरूमा १२९ जना बिरामी उपचाररत छन् । ठाकुरका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ नम्बर वडामा हैजाको संक्रमण पुष्टि भएको छ ।

हैजा रोगको सङ्क्रमण पुष्टि भएको क्षेत्रमा त्यहाँको खानेपानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक सामग्री सहितको मोबाइल भ्यान टोली खटाइएको र आवश्यक थप सामग्री आजै पठाउन लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...