निजी विद्यालय अब शैक्षिक गुठीमा, गैरनाफामूलक हुने



हाम्रो इकोनोमि

 

 

विधेयकको सबैभन्दा बढी बहस भएको विषय निजी विद्यालयको रूपान्तरण हो । विधेयक पारित भएपछि हाल कम्पनी ऐन अन्तर्गत सञ्चालनमा रहेका संस्थागत (निजी) विद्यालय पाँच वर्षभित्र शैक्षिक गुठी अन्तर्गत गैरनाफामूलक स्वरूपमा रूपान्तरण हुनुपर्नेछ । दफा ४ को उपदफा ३ मा भनिएको छ, यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कम्पनी कानून बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय यो ऐन प्रारम्भ भए पछि शैक्षिक गुठीको रुपमा रुपान्तरण गरी सञ्चालन गर्न सकिनेछ ।

यसरी गुठीमा रूपान्तरण हुन चाहने विद्यालयलाई प्रोत्साहन गर्न सरकारले विभिन्न छुट तथा सुविधाको व्यवस्था गरेको छ । दफा ४ को उपदफा ६ अनुसार, गुठीमा जाने विद्यालयलाई जग्गा रजिष्ट्रेसन दस्तुर, विद्यालय प्रयोजनका लागि सवारी साधन आयात गर्दा लाग्ने भन्सार महसुल र शैक्षिक तथा प्रयोगशालाका सामग्री आयात गर्दा लाग्ने भन्सार महसुलमा आंशिक वा पूर्ण छुट दिन सकिनेछ । यो व्यवस्थाको मुख्य उद्देश्य शिक्षालाई सेवामूलक र लोककल्याणकारी बनाउनु रहेको समितिको निष्कर्ष छ । साथै, दफा ४ को उपदफा १० मा ‘निजी लगानीका विद्यालय क्रमशः गैरमुनाफामूलक बनाउदै लगिनेछ’ भनी उल्लेख गरिएको छ, जसले निजी शिक्षालाई सेवामूलक बनाउने सरकारी लक्ष्य स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...