शिक्षक बन्न लाइसेन्स अनिवार्य, प्रधानाध्यापक प्रतिस्पर्धाबाट



हाम्रो इकोनोमि

 

 

विधेयकले सार्वजनिक विद्यालयमा शिक्षक हुनका लागि शिक्षक सेवा आयोगबाट अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिन अनिवार्य व्यवस्था गरेको छ । साथै, शिक्षक व्यवस्थापन र विद्यालय नेतृत्वमा सुधार ल्याउन विधेयकले प्रधानाध्यापक नियुक्ति प्रक्रियालाई थप प्रतिस्पर्धात्मक र कार्यसम्पादनमा आधारित बनाएको छ । विधेयकको दफा १६ अनुसार, अब प्रधानाध्यापकको नियुक्तिका लागि शिक्षक सेवा आयोगले योग्यता पुगेका शिक्षकको प्रदेशगत सूची तयार गर्नेछ ।

सोही सूचीबाट स्थानीय तहको सिफारिस समितिले उपयुक्त उम्मेदवार छनोट गरी नियुक्त गर्नेछ । प्रधानाध्यापकको पदावधि पाँच वर्षको हुनेछ र कार्यसम्पादन सन्तोषजनक भएमा अर्को एक कार्यकालका लागि पुनः नियुक्ति गर्न सकिने व्यवस्था छ । यसले विद्यालयको नेतृत्वलाई थप जवाफदेही र नतिजामुखी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । यस्तै शिक्षकले प्रधानाध्यापकको जिम्मेवारीमा रहुञ्जेल शिक्षक महासंघको सदस्यता लिन नपाउने र राजनीतिक दल तथा दल निकट शिक्षक संघ संगठनमा समेत आवद्ध हनु नपाउने व्यवस्था गरिउको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...