सशस्त्र प्रहरीका एसपी केसीको कडाइ : बाराबाट लाखौंको अवैध सामान बरामद



हाम्रो इकोनोमि

 

 

सशस्त्र प्रहरी बल नेपाल, गण नं. १२ का गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको नेतृत्वमा बारा जिल्लामा अवैध ओसार–पसारविरुद्ध सञ्चालन गरिएको अपरेसनमार्फत झण्डै १० लाख ५५ हजार रुपैयाँ बराबरको भन्सारछली सामान बरामद गरिएको छ । मटिअर्वा सीमा इलाकामा खटिएको प्र.सि.सु. गुल्म मटिअर्वाको टोली — सशस्त्र प्रहरी नायब उपरीक्षक सुधीर खतिवडाको कमाण्डमा — ले बुधवार कलैया उपमहानगरपालिका–१० मा भारतबाट मोटरसाइकलमार्फत ल्याइँदै गरेको अन्दाजी २ लाख रुपैयाँ मूल्य बराबरको सामानसहित तीनवटा मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरीका अनुसार उक्त सामानसहितको मूल्य करिब ४ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ । त्यस्तै, जिल्ला सुरक्षा बेस कलैयाबाट सशस्त्र प्रहरी नायब निरीक्षक दिलीप कुमार सिंह थारु नेतृत्वमा खटिएको टोलीले कलैया–५ बरेवा सडक खण्डमा चेकजाँचको क्रममा यात्रुवाहक अटोबाट १ लाख १४ हजार रुपैयाँ बराबरका भन्सारछली लेडिज कपडा बरामद गरेको छ ।

विओपी गोलागञ्जका सहायक निरीक्षक शिवशंकर चौधरी नेतृत्वको टोलीले मोटरसाइकलमार्फत ल्याइएका १ लाख १२ हजार ७९० रुपैयाँ बराबरका किराना सामान बरामद गरेको जनाएको छ । यसैगरी, सुरक्षा बेस जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक बिक्रम पौडेलको कमाण्डमा खटिएको टोलीले बिहीबार बिहान जितपुरसिमरा–९ छतापिपरामा यात्रुवाहक बसको डिक्कीभित्र लुकाइएका ३ लाख ५९ हजार रुपैयाँ बराबरका रेडिमेड कपडा बरामद गरेको छ । एसपी खुमबहादुर केसीका अनुसार, बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक प्रक्रिया पश्चात् वीरगञ्ज भन्सार कार्यालयमा आजै बुझाइएको छ ।

 

राहुल गुप्ता, बारा (कलैया)

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...