म राजनीतिमा आबद्ध हुँदा एमाले जन्मिएकै थिएन : विद्या भण्डारी



हाम्रो इकोनोमि

 

 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताएकी छिन् । बिहीबार काठमाडौंको थापाथलीमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

मैले सबै कुरा नजिकबाट हेरिरहेको छु । म पनि राजनीतिक दलसँग आबद्ध भएर, हामी सुरु हुँदा नेकपा एमाले भन्ने जन्मिसकेको थिएन,’ भण्डारीले भनिन्, ‘म भोजपुरमा जन्मिएको मान्छे, धनकुटामा रातो झण्डा ग्रुप भन्ने थियो । हामी त्यसको सम्पर्कमा थियौं । विस्तारै कोअर्डिनेशन केन्द्र जन्मियो । त्यो हुँदै माले भयो । माले स्थापनाको पहिलो सन्देश छर्ने काम हामीले भोजपुरमा गरेका थियौं । उनले अहिले एमालेले के न हो भन्ने परिरहेको भन्दै ब्राण्डजस्तै बनाउन खोजिएको पनि बताइन् । माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी (एमाले) भएको भण्डारीको भनाइ छ ।

‘एमाले भनेको एकदमै के हो भन्ने परिरहेको होला । एकीकृत मार्क्सवादी, लेनिनवादी हो । कम्युनिस्ट पार्टीले आफ्नो अगाडि एउटा उपमा झुन्ड्यायो । हामी मार्क्सवाद, लेनिनवाद मान्छौं भनेका हौं,’ भण्डारीले भनिन्, ‘मार्क्सवादी भन्ने छुट्टै पार्टी थियो, माले भन्ने छुट्टै थियो । माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी भएको हो ।’ उनले अघि थप भनिन्, ‘अहिले एमाले भनेको एउटा ब्रान्डजस्तो भएको छ । खासमा नेकपा हो । नेपाल कम्युनिस्ट पार्टी ।

 

विद्या भण्डारीको कार्यालय उद्घाटनमा वरिष्ठ सहित तीन उपाध्यक्ष

यसैबीच विद्यादेवी भण्डारीले बानेश्वर थापागाउँस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् । एमालेले पार्टीमा फर्किन निषेध गरेपछि विद्यालय ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को यही कार्यालयमार्फत् राजनीतिक गतिविधि अघि बढाउन लागेकी हुन् ।

उद्घाटन समारोहमा एमालेका तीन पदाधिकारी पुगेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली पुगेका हुन् । व्यवस्थापन समितिका संयोजक पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायतका एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

पेशागत महासंघका अध्यक्ष पुन्य ढकाल, संविधानसभा सदस्य विकास लम्साल, कृष्णप्रसाद दाहाल, स्थायी कमिटी सदस्य कर्ण थापा, विद्यार्थी र युवा नेता प्रकाश पौडेल र सुमन पुरी, बागमतीका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, पूर्वमन्त्री एवं केन्द्रीय सल्लाहकार युवराज कार्की, केन्द्रीय सदस्य बाबुराम थापा, काठमाडौंका पूर्वउपमेयर विदुर मैनाली, प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने, पत्रकारका नेता राजेश राई, युवा संघका पूर्वउपाध्यक्ष रोशन बस्नेतलगायत देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...