नवनियुक्त मन्त्री थापाको निवासमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

 

बागमती प्रदेशका नवनियुक्त श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाको निजी निवास बुढानिलकण्ठ -२ भंगालमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। आज भाद्र ४ गते विहान ०८ :३० बजेको शुभसाइतमा हिन्दु परम्परा अनुसार पुजा विधि सम्पन्न गरि झन्डोत्तोलन गरिएको मन्त्री थापाका स्वकीय सचिव बिक्रम श्रेष्ठले जानकारी दिएका छन्। उक्त पुजा कार्यक्रममा बटुक ब्राह्मणहरुले स्वस्ति वाचन गर्दै बिधि पुर्वक पुजा पाठ गरेका थिए।

 

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा सहित वडाध्यक्षहरु तथा जनप्रतिनिधिहरु,नेकपा एमाले काठमाडौं जिल्ला कमिटिका सदस्यहरु,नेकपा एमाले काठमाडौं ४ का संयोजक तथा सदस्यहरु, नेकपा एमाले काठमाडौं ४(२) का संयोजक तथा सदस्यहरु, नेकपा एमाले बुढानिलकण्ठ नगरकमिटिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, नेकपा एमालेका विभिन्न वडा कमिटिका पदाधिकारी तथा सदस्यहरु, सुरक्षाकर्मीहरु लगायत शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सहभागीहरुलाई खानाको व्यबस्था समेत गरिएको थियो।


 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...