मोटरसाइकल र स्कुटर ठोक्किंदा २ को मृत्यु, ३ जना घाइते



हाम्रो इकोनोमि

 

 

बुढानीलकण्ठ नगरपालिका-७ स्पेसलचोकस्थित सडकमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र  प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएका थिए ।

दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ । उनीहरुलाई शिक्षक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरी प्रभाव बुढानीलकण्ठले जनाएको छ । उनीहरुका आफन्त सम्पर्कमा आएका छैनन् । एक जनाको सनाखतसमेत नभएकोले आफन्तको खोजी भरहेको प्रहरी प्रभाव बुढानीलकण्ठले जनाएको छ ।

दुर्घटनामा गोरखा आरुपोखरी घर भई बुढानीलकण्ठ -८ भंगाल बस्ने २४ वर्षीय एरिक परियार, नाम, थर र वतन नखुलेका २८-३० वर्षका पुरुष र ३०-३२ वर्षका पुरुष घाइते छन् । पहिचान नभएका दुई जना पुरुषको अवस्था गम्भीर रहेको छ । उनीहरुको उपचार भइरहेको र आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...