रन्जितालाई पार्टी अध्यक्ष अस्वीकार गर्ने रेशमको चतावनी



हाम्रो इकोनोमि

 

 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले निर्वाचन आयोगले रन्जिता श्रेष्ठलाई पार्टी अध्यक्षमा वैधता दिएपछि आफूहरू उनलाई स्वीकार गर्ने पक्षमा नरहेको बताएका छन् । साउन १४ गते बहुमत केन्द्रीय सदस्यहरूले लालवीर चौधरीलाई नाउपा अध्यक्ष बनाएका थिए । तर, निर्वाचन आयोगले त्यसलाई वैधता दिएन । आयोगले ४ बुँदामा अध्यक्ष मान्न नसक्ने भन्दै लालवीर पत्र समेत पठायो ।

आफूहरूले बहुमत केन्द्रीय सदस्यबाट रन्जितालाई हटाएको र लालवीरलाई अध्यक्ष बनाएको बताउँदै रेशमले आयोगले निर्णय गरेपनि अब रन्जितालाई अध्यक्ष स्वीकार गरेर अघि बढ्न नसक्ने उनले बताएका छन् । रन्जिता रेशमको श्रीमती हुन् भने लालवीर बुवा हुन् ।

आयोगले रन्जिता जीलाई अध्यक्ष मानेको छ । उहाँले राम्ररी पार्टी चलाउनु होला शुभकामना छ । हामी केन्द्रीय सदस्यहरूले उहाँलाई अध्यक्ष मान्दैनौँ भनेर निर्वाचन आयोगमा पेश गरिसकेपछि त्यही बाटो जानु गलत हुन्छ रेशमले भने, हामी नाउपा मै रहन्छौँ तर, फरक धार र नेतृत्व लिएर अगाडी बढ्छौँ ।

नाउपामा २१ केन्द्रीय सदस्य मध्ये आफूसँग दुई तिहाइ बढी बहुमत रहेको रेशमको दाबी छ । रेशमले नयाँ पार्टी बनाउने योजना नरहेको सुनाउँदै नाउपा मै फरक ढङ्गले अगाडी बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...