ओलीलाई भ्रमणको निम्ता दिन भारतीय विदेश सचिव काठमाडौंमा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा बिहान काठमाडौं आइपुगेका मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्ने स्रोत बताउँछ । सचिव मिश्रीले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्ता पनि आजै दिनेछन् ।

मिश्रीले आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणा, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ । स्रोतका अनुसार आजकै भेटवार्तामा प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डाका बारेमा पनि छलफल हुनेछ ।मिश्री सोल्टी होटेलमा रहेका छन् । त्यहाँबाट सिधै प्रधानमन्त्री ओलीलाई भेट्न जानेछन् । त्यसपछि शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् ।  परराष्ट्र मन्त्री राणालाई भेटेपछि दुई पक्षीय वार्ता सुरु हुनेछ ।

भेटवार्ताका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल-भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुनेछ । उच्चस्तरीय भेटवार्ता र छलफलपछि उनी पशुपतिनाथको दर्शन गरेर भारत फर्किनेछन् ।भारतीय विदेश मन्त्रालयले परराष्ट्र सचिवको आसन्न भ्रमण दुवै देशबीच हुने नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा निरन्तरता हो भएको भन्दै भनेको छ, ‘यसले द्विपक्षीय सम्बन्धलाई अझै अघि बढाउने अवसर प्रदान गर्नेछ ।

आफ्नो छिमेक पहिलो नीति अन्तरगत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको भन्दै समेत विदेश मन्त्रालयले भनेको छ । अगाडि भनिएको छ, परराष्ट्र सचिवको आसन्न भ्रमण दुवै देशबीच हुने नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा निरन्तरता हो, जसले द्विपक्षीय सम्बन्धलाई अझै अघि बढाउने अवसर प्रदान गर्नेछ ।

प्रधानमन्त्री ओली यही भदौ ३१ गते २ दिने भारत भ्रमण जाँदैछन् । त्यसकै तयारी स्वरुप मिश्री काठमाडौं आएका हुन् । यसपटक मोदी र ओलीबीच बिहार राज्यको बोधगया औपचारिक भेटवार्ता गराउने तयारी छ । बोधगया बुद्धले ज्ञान प्राप्त गरेको स्थान मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...