कोलकात्तामा मल रोकिँदा नेपालमा अभाव : कृषिमन्त्री



हाम्रो इकोनोमि

 

 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको अवस्था राम्रो रहेपनि युरिया आपूर्तिको अवस्था केही कमजोर रहेको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले युरिया आपूर्तिको अवस्था केही कमजोर हुनुमा विधि कारण रहेको बताए ।

पहिलो कारणमा मुल्य वृद्धि हुनु रहेको बताए । दोस्रो कारणमा उनले भने, ‘निरन्तरको वर्षाले कोलकात्ता पोर्टमा मल अनलोड गरी ब्यागिङ गरी रेलमा लोड गर्ने कार्य सुस्त रुपमा हुनु देखिएको छ । उनका अनुसार अहिले पनि मल होल्ड भएर रहेको छ ।

उनले भनेका छन्, ‘अहिले पनि मल लोड भएको तीन वटा जहाज कोलकात्ता पोर्टमा होल्ड भएको छ । कोलकात्ता पोर्टको जाम नहटेकोले खरिद गरिएको ६० हजार टन युरिया समेत आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...